पूर्वाधारमन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो

काठमाडौं । बैतडी पुगेका पूर्वाधारमन्त्री सुनील लम्साललाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत धनगढी लगिएको छ। स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर लम्साललाई धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक रायले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि हिँडडुल गर्न सक्ने अवस्था नरहेकाले हेलिकप्टरमार्फत धनगढी लगिएको बताइएको छ । लम्साल शनिबार अबेर साँझ आफैं गाडी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए । उनी शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको अवस्था’bout निरीक्षण गर्न आएका थिए ।

दार्चुलाबाट फर्किएपछि बैतडीका विभिन्न क्षेत्र हुँदै बझाङ जाने उनको कार्यक्रम तय भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रनेलाई ३० हजार अमेरिकी डलर इनाम दिने घोषणा