धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ बजे बस्दैछ ।
बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन् ।
सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधानअनुरुप उनले विश्वासको मत लिन लागेका हुन् ।
बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाएका थिए ।
सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य रहेका छन् । तीमध्ये मुख्यमन्त्री शाह नेतृत्वको नेपाली कांग्रेसबाट १८, नेपाली कम्युनिस्ट पार्टीबाट सभामुखसहित २२, एमालेबाट ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् ।
सरकार गठन वा विश्वासको मतका पक्षमा २७ जना आवश्यक पर्छन् । हाल एक जना देश बाहिर र एक जना निलम्बनमा रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यस्तै, आजको बैठकमा विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
सम्बन्धित समाचार
सुदूरपश्चिमका रास्वपा सांसदले प्रधानमन्त्रीलाई के-के समस्या सुनाए ?
कैलालीमा फायरिङ अभ्यासका क्रममा ह्याण्ड ग्रिनेड विस्फोट, दुई सैनिक घाइते
सरकारी गाडी चोरेर बेच्ने थुनामा, किन्ने तारेखमा रिहा
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना
प्रधानमन्त्री र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
जाजरकोटमा भूकम्पको धक्का
बागमतीका मुख्यमन्त्री बानियाँले ३ भदौभित्र विश्वासको मत लिने, पाउँलान् त ?






