धनगढी । अटो (विद्युतीय रिक्सा) बाट खसेको ५० हजार रुपैयाँ नगदसहितको पर्स फेला पारेका नेपाल प्रहरीका पूर्व हवल्दार पुष्करदत्त भट्टले सम्बन्धित महिलालाई फिर्ता गरेका छन् । दार्चुला घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२, तेघरीमा बस्दै आएका भट्टले अत्तरिया चौराहाबाट महेन्द्रनगर रोडतर्फ जाँदै गरेको अटोबाट खसेको पर्स फेला पारेका हुन् ।
बजारबाट घरतर्फ जाँदै गरेकी राजमती भट्टको पर्स अटोबाट खसेको थियो । पर्स फेला पारेपछि पुष्करदत्तले तत्काल इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरासिंह महरालाई बुझाएका थिए । डिएसपी महराका अनुसार पर्समा ५० हजार रुपैयाँ नगद, नागरिकता, श्रृंगारका सामग्रीलगायत महत्वपूर्ण सामान थिए ।
पर्स हराएको थाहा पाएपछि राजमती इलाका प्रहरी कार्यालय मालाखेती पुगेर नगद रकम, महत्वपूर्ण कागजातसहितको पर्स हराएको जानकारी गराएकी थिइन् । उनले जानकारी गराएको केही घण्टामै पूर्व प्रहरी हवल्दार भट्टले पर्स फेला पारी प्रहरी कार्यालयमा बुझाएका थिए ।
पर्स भेटिएको जानकारी पाएपछि डिएसपी महराले राजमतीलाई कार्यालयमा बोलाएर पूर्व प्रहरी हवल्दार भट्टकै हातबाट पर्ससहितका सामान फिर्ता गर्न लगाएका थिए । भट्टले आफ्नै हातबाट राजमतीलाई ५० हजार रुपैयाँ नगद, नागरिकता तथा अन्य सामानसहितको पर्स बुझाएका हुन् ।
हराएको ठूलो रकमसहित महत्वपूर्ण कागजात फेला पारेर प्रहरी कार्यालयमा बुझाउँदै सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न पहल गरेको भन्दै भट्टको इमान्दारिताको स्थानीयस्तरमा प्रशंसा भएको छ ।
पर्स फिर्ता पाएपछि राजमतीले पूर्व प्रहरी हवल्दार पुष्करदत्तलाई धन्यवाद दिँदै नगद पुरस्कारसमेत प्रदान गरेकी छन्। हराएको पर्स, रकम तथा महत्वपूर्ण कागजात सुरक्षित रूपमा फिर्ता पाउँदा आफू खुसी भएको उनले बताइन् । पूर्व प्रहरी हवल्दार भट्टले देखाएको इमान्दारिता र जिम्मेवारीले हराएको सामान फेला पर्दा त्यसलाई सम्बन्धित व्यक्तिसम्म सुरक्षित रूपमा पु¥याउनुपर्ने सकारात्मक सन्देश दिएको छ ।
सम्बन्धित समाचार
धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ: सरसफाइ अभियानकर्ता खड्का
बाजुरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुराका ठाउँठाउँमा बाढी पहिरोको वितण्डा
कैलालीमा दशैँअघि लालपुर्जा बाँड्ने तयारी
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै
हराएका बालबालिका खोजतलासमा सरकारको सक्रियता : ८,७२४ मध्ये ८,४३८ फेला, विशेष अभियान सञ्चालन गर्ने तयारी
जाजरकोटको रिसाङ पहिरोमा परी आमा छोरा बेपत्ता, सात घाइते
रहेनन् ‘फूलको आँखामा फूलै संसार’ गीतका सर्जक जनकवि दुर्गालाल श्रेष्ठ






