तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।
भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जङ्गलमा व्यवस्थापन गर्न लागिएको हो ।
तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पुरा गरिसकिएको जानकारी दिए । उनले शव पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताए।
तनहुँ क्षेत्रमा ३७ शव भेटिएकामा २४ शव पोखरा पठाइएको छ भने १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।
आवश्यक विवरण र नमुना सुरक्षित राखिने प्रशासनले जनाएको छ । शव व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ ।
सम्बन्धित समाचार
केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ
प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता
चामे–बेँसीसहर सडक अवरुद्ध
मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
कोइरालाको नेतृत्वमा आपतकालीन केन्द्र स्थापना
सरकारले सञ्चालन गरिरहेका कोषमा रकम जम्मा गर्नेलाई सीमा नलाग्ने
सुरुङभित्र फसेका मानिसको उद्धारमा खटिएको टीम सुरङभित्र प्रवेश






