काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा गएको पहिरोबाट हालसम्म ७८१ जनाको मृत्यु भएको बताएका छन् ।
प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमार्फत विपद्को पछिल्लो अवस्था’bout जानकारी दिँदै बाढीपहिरो प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको बताएका हुन् ।
उनका अनुसार उद्धार तथा राहत कार्यका लागि आइतबारसम्म ३९४ वटा उडान भइसकेका छन् । उद्धार तथा राहत कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २० हजार ६१८ जना सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका विद्युत् आयोजना आसपासबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको बताएका छन् । रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको उनले उल्लेख गरेका छन् ।
चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँगको समन्वयमा उद्धार प्रयास जारी राखेको उनले बताए । चिनियाँ टोलीले सुरुङभित्र तीन किलोमिटरसम्म खोजी गरे पनि अहिलेसम्म मानिस फेला पार्न नसकिएको उनको भनाइ छ ।
नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धार प्रयाससमेत जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन् ।
उद्धारका लागि नेपाली सेनाका इन्जिनियरले ‘ब्लास्टिङ’ गरिरहेका छन् । घटनास्थलमा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका विशेषज्ञसमेत गरी ९० जनाको संयुक्त टोली परिचालन गरिएको उनले जानकारी दिएका छन् ।
टोलीले आइतबार सुरुङको मुख्य भागमा पुगेर २×३ फिटको प्वाल बनाएको थियो । प्वालबाट डोरीको सहायताले टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् ।
यसैगरी, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा पनि विभिन्न टोली परिचालन गरी खोज तथा उद्धार भइरहेको उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट २६७ जना घाइतेको उद्धार गरी स्थानीय तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उनका अनुसार उपचारपछि १५६ जना डिस्चार्ज भइसकेका छन् । प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाडौंसहित विभिन्न स्थानबाट चिकित्सकको टोली परिचालन गरिएको उनले बताए ।
प्रधानमन्त्री शाहले प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म नौ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।
यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको उनले बताए । संकलित रकमलाई प्रभावितको राहत तथा पुनर्स्थापनामा प्रभावकारी रूपमा खर्च गर्ने’bout छलफल भइरहेको प्रधानमन्त्री शाहको भनाइ छ ।
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको प्रधानमन्त्री शाहले बताएका छन् ।
यी केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको उनले जानकारी दिए ।
काठमाडौंमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गमार्फत नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याइएको उनले बताएका छन् ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सञ्चालनमा आएको बताएका छन् ।
नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा बीटीएस टावर सञ्चालनमा आइसकेको उनले जानकारी दिएका छन् । बाँकी टावर पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनको भनाइ छ ।
बाढीले मुख्य सडकमा क्षति पुर्याएपछि वैकल्पिक सडक सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रलाई जोड्ने प्रयास भइरहेको उनले बताए । भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो गएपछि वैकल्पिक सडकमा समेत असर परेको उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहका अनुसार विपद् प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत प्राप्त हुने क्रम बढेको छ ।
एसियाली विकास बैंकबाट ५० लाख अमेरिकी डलर बजेटरी सहयोग तथा १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट १० लाख अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको उनले बताएका छन् ।
भारतबाट हालसम्म चार चरणमा ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको उनले जानकारी दिएका छन् । भारतले २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाएको र थप सातवटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहले बताएका छन् ।
प्रधानमन्त्री शाहले बाढीपहिरोमा परी मृत्यु भएका ७८१ जनाको शव फेला परेको जानकारी दिएका छन् ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव व्यवस्थापन भइरहेको उनले बताए । पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानुनबमोजिम व्यवस्थापन सुरु गरिएको उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले सरकारले प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस संकटलाई परास्त गर्न सफल हुनेछौँ । नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।
सम्बन्धित समाचार
निर्णय सुनाउने बेला निधि र महतबीच किन भयो धकेलाधकेल ?
भारतीय सेनाध्यक्ष धीरज सेठ काठमाडौंमा
कोशी मन्त्रिपरिषदमा प्रचण्डका ज्वाइँको ह्याट्रिक
प्रदेशमा दिनहुँ सत्ता उलटफेर
रास्वपामा को-को भए पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य ?
‘पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू’
कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
देउवा र खडकाको पुरक निवेदन दर्ता, ११ गते तोकियो पेशी






