काठमाडौं । लोकप्रिय रेस्टुरेन्ट चेन सेकुवा बाई किलोले हालैको बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि २० लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
सेकुवा बाई किलोले भदौ १६ गते (सेप्टेम्बर १) आफ्ना कलंकी, झम्सिखेल, दरबारमार्ग, लाजिम्पाट र बाँसबारी गरी पाँचवटै आउटलेटको १०० प्रतिशत बिक्री रकम बाढीपीडितका लागि दिने घोषणा गरेको थियो।
त्यससँगै, कम्पनीका सबै कर्मचारीले एक दिनको तलब र बोर्ड सदस्यहरूले प्रत्येक रु. १ लाख योगदान गरेका थिए।
संकलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रत्यक्ष हस्तान्तरण गरिएको थियो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। बाढीपीडितको राहतका लागि सेकुवा बाई किलोले गरेको यो योगदानमा ग्राहक, कर्मचारी र व्यवस्थापन सबैको सहभागिता रहेको छ।
तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
सामाजिक परीक्षणमा एफडब्लुएलडीको प्रशंसा
संविधान र सर्बोच्चको आदेशविपरित फोहोरमा बलजफ्ती
बागमतीका मुख्यमन्त्री किरण थापा मगरले भोलि विश्वासको मत लिँदै, मत दिन नेकपाद्वारा ह्विप जारी
गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष सम्पर्कविहीन
रसुवा बाढी पीडितलाई सिन्धुली कारागारका कैदीबन्दीको सहयोग
बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता
सुनसान टिमुरेमा बेपत्ताको खोजी
कृष्णभीरको पहिरोपछि बीपी राजमार्गमा सवारी चाप बढ्यो, मालवाहक गाडी रातिमात्र सञ्चालन गरिने






