काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो सङ्ख्यामा विभिन्न पदका लागि नयाँ भर्ना आह्वान गरेको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयस्थित भर्ना तथा छनोट शाखाले आज एक सूचना जारी गर्दै कुल ६ सय ६६ जनाका लागि आवेदन मागेको हो।
जारी सूचना अनुसार खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी ६ सय ४ जना सशस्त्र प्रहरी जवान, ३८ जना भान्से, ८ जना कुचिकार, ६ जना सूचीकार, ७ जना केस कर्तक (हजराम), २ जना चर्मकर्मी र १ जना मालीका लागि दरखास्त आह्वान गरिएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आगामी असोज २८ गतेसम्म रीतपूर्वक आवेदन दिन सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)
सम्बन्धित समाचार
रेडक्रसद्वारा पौने ५ अर्ब सहयोग अपील
सरकारी राजपत्रः ५ जिल्लाका १५ स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा
चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित
११ जलविद्युत् आयोजनाका ८९८ अझै सम्पर्कविहीन
रसुवा बाढी पीडितलाई सिन्धुली कारागारका कैदीबन्दीको सहयोग
शव व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्छः कुलमान घिसिङ
बेलीब्रिज र फरेन्सिक टोलीसहित चीनको तेस्रो खेप सहयोग
भोटेकोशी बाढीपीडितका लागि युरोपको ट्रिप इन होटल समूहले दियो ५१ लाख रुपैयाँ





