क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टर धरौटीमा छुटे

सोमबार साँझ अध्यक्ष यादवले २५ हजार रुपैयाँ र इन्स्पेक्टर पौडेलले १८ हजार रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका हुन्।

क्यासिनो प्रकरणमै पक्राउ परेका अन्य ६ जना पनि धरौटी बुझाएर छुटेका छन्। चन्दन सहनी, ओमप्रकाश बैठा र क्यासिनो कर्मचारी जयदेव साहले जनही १५ हजार रुपैयाँ धरौटी बुझाएका छन्। यस्तै, क्यासिनोका कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल र प्रदेशी साह जनही २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले नेपाली नागरिकलाई कानुनविपरीत क्यासिनो प्रवेश गराई जुवा खेलाउने गरेको विशेष सूचनाका आधारमा शनिबार राति गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर गेमिङ जोनमा छड्के कारबाही गरेको थियो।

कारबाहीका क्रममा गाउँपालिका अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसहित ८ जना पक्राउ परेका थिए।

नेपालको विद्यमान कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराउन तथा जुवा खेल्न वा खेलाउन निषेध गरिएको छ। सोही प्रावधान उल्लंघन भएको सूचनापछि प्रहरीले कारबाही अघि बढाएको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन