धनुषा । धनुषाको विदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही १८ भदौमा अपहरणमा परेका धनुषाको विदेह नगरपालिका– ६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतोलाई गएराति सोही नगरपालिका– १ स्थित दशगजा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
बच्चालाई छोडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका– ९ पुनितादेवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
बच्चा अपहरणमा परेको सूचना पाएलगत्तैबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको टोलीले खोजतलास अनुसन्धान गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छोडेर भाग्न खोज्दा ती महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सकुशल उद्धार गरिएका बच्चालाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गराई थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
सम्बन्धित समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
वित्तीय अनुशासन र कर्मचारी व्यवस्थापन सुधार प्रयासमा मधेस
हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन
भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप






