चौंथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, गायक मोतिराज खनाल सम्मानित

काठमाडौं । स्वर्गीय कल्पना गैरे स्मृति फाउन्डेसन नेपाल, अनामनगर काठमाडौंको आयोजनामा चौंथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड–२०८३ तथा राष्ट्रिय नारी स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा तीज गीतसँग सम्बन्धित विभिन्न १८ विधामा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा वरिष्ठ लोकगायिका शिला आले, वरिष्ठ चरित्र अभिनेत्री रश्मी भट्ट, गायिका देवी हमाललगायत करिब एक दर्जन कलाकारलाई सम्मान गरिएको थियो। लोकगायक मोतिराज खनाल, लोकगायिका बिमला सुनार तथा मोडल–निर्देशक लिलाराज बानियाँ, बिजेन्द्र नौबागे र प्रदीपकुमार रसाइलीलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

माननीय सांसद साजिदा सिद्धिकीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष गायक एवं सर्जक हुम गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। संस्थाका उपाध्यक्ष तथा गायक धिरज खत्रीका अनुसार तीज गीतका विभिन्न विधामा उत्कृष्ट कलाकार तथा सर्जकलाई अवार्ड प्रदान गरिएको हो।

सर्वाधिक मत प्राप्त गर्ने गायक सन्तोष परियार, गायिका रिया सुनार र गायिका बिन्दु थापा (निहारिका) लाई ‘गोल्डेन अवार्ड’ प्रदान गरिएको थियो।

अवार्डअन्तर्गत सर्वोत्कृष्ट तीज गीततर्फ पुष्कल भट्टराईको ‘पिँजडाको चरी’, सर्वोत्कृष्ट मौलिक तीज गीत (गायक)तर्फ गोविन्द परियारको ‘कालो चस्मा’ र सर्वोत्कृष्ट तीज गीत (गायिका)तर्फ रिया सुनारको ‘झुम्का कस्तो छ’ चयन भएका छन्।

त्यस्तै प्रमिला पुन, शिव शर्मा, बाबुराम परियार, बिन्दु थापा (निहारिका), सन्तोष परियार, राजेन्द्र क्षेत्री, कुमार काकी, प्रकाश पन्त, मन्त्री कौशल, नक्कले प्रेम स्याङतान, संगीता तामाङ (मैचा), राम परियार, सागर बाजुराली र बिमला विश्वकर्मालगायत विभिन्न विधामा अवार्डबाट सम्मानित भएका छन्।

विशाल मुभिज प्रालिका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले प्रतिकूल परिस्थितिका बाबजुद अघिल्ला संस्करणझैं यस वर्षको अवार्ड कार्यक्रम पनि भव्य रूपमा सम्पन्न भएको बताए।

कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरूलाई समेत कदरपत्रसहित सम्मान गरिएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग