‘लोकबहादुर गुरुङ स्मृति सम्मान’ गायक गुरुङलाई

पोखरा । गायक तथा संगीतकार धनबहादुर गुरुङलाई ‘लोकबहादुर गुरुङ स्मृति सम्मान’ प्रदान गरिएको छ । लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले आफ्नो १२ औं स्मृति दिवसको अवसरमा उनलाई सम्मान गरेको हो । गुरुङ समुदायको भाषा, संस्कृति, कला र संगीतको संरक्षणमा उनले पु¥याएको योगदानको कदर गर्दै यो सम्मान दिइएको हो ।

प्रतिष्ठानले गुरुङलाई ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित दोसल्ला, फेटा र सम्मानपत्र प्रदान ग¥यो । गण्डकी प्रदेशसभा सदस्य एवं चलचित्र निर्माता वेदबहादुर गुरुङ ‘श्याम’ को अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रतिष्ठानले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने अध्यक्ष गुरुङले बताए ।

कार्यक्रममा सहभागीहरूले स्व। लोकबहादुर गुरुङले नेपाली र गुरुङ कला क्षेत्रमा दिएको योगदानको चर्चा गरे । उनका सिर्जना र संघर्षलाई नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा सहभागीले जोड दिए । यस्ता कार्यक्रमले कलाकारको हौसला बढ्ने र मौलिक संस्कृतिको जगेर्ना हुने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक क्षतिपूर्तिका लागि नेपाल पूर्णरूपमा हकदार, तर पाउने कसरी ?