राजपथ विस्तार पीडितसँग मेयर सिंहका केही सर्त र प्रतिबद्धता

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका महानगरप्रमुख (मेयर) राजेशमान सिंहले त्रिभुवन राजपथ सडक खण्ड विस्तारबाट वीरगन्ज बजार क्षेत्रका पीडितको पीडामा आफू साथ रहेको बताएका छन् । मुख्य सडक विस्तारका क्रममा वीर शमशेरले बसाएको वीरगन्ज बजारको ऐतिहासिकता नै ध्वस्त बनाई १ हजार २ सय प्रभावित घर–जग्गाधनीका प्रतिनिधिसँगको भेटमा महानगर प्रमुख सिंहले पीडितको पक्षमा रहेको जनाएका हुन् ।

बजार भित्र सडक चौडा पनि गर्ने र मेन रोडमा रहेका नागरिकको ठुलो मात्रामा क्षति नहुने गरी महानगरले कदम चाल्न खोजेको थियो । तर सडक विभागले त्यो भन्दा अगाडी नै मुख्य सडकको बिच भागबाट २५÷२५ मिटर दुवैतर्फका संरचना हटाएको छ । यसले वीरगन्ज बजारका झन्डै ५ सय घर परिवारको उठीबास भएको पीडितको आँकडा छ । यही विषयलाई लिएर पीडितहरू महानगरपालिकामा पुगी मेयर सिंहसँग भेटघाट र छलफल गरे । सो क्रममा मेयर सिंहले आफू पीडितको साथमा नै रहेको जनाएका हुन् ।

महानगर परिषद्ले सडकको बिच भागबाट दुवैतर्फ १५÷१५ मिटर खाली गर्ने अघिल्ला मेयर विजयकुमार सरावगीको पालामा नै निर्णय गरेको थियो । सो निर्णयभन्दा महानगर अहिले पनि अगाडी नबढेको पनि मेयर सिंहले पीडित सामु प्रस्ट पारे । महानगरको निर्णय कार्यान्वयनका लागि पीडितहरू नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी कुरा राख्न चाहे आफू पनि पीडितसँगै जान तयार रहेको पनि उनको प्रतिबद्धता छ ।

भारत सीमा नजिक मितेरी पुल सम्म अर्को बाइपास सडक सञ्जाल बनेको र बजारको पश्चिम तर्फ आइसीपी निर्माणसँगै सबै ठुला सवारी उता सरेपछि वीरगन्ज बजार भित्रको बिच सडक २५÷२५ मिटर चौडाको आवश्यकता थिएन पीडित मध्येका अगुवा सुमन क्यालले बताए । तथापि वीरगन्ज बजार क्षेत्रमा सडक पनि चौडा हुने र धेरैको उठीबास पनि नहुने गरी बिच सडकबाट १५÷१५ मिटर कायम गर्ने महानगरको निर्णय नेपाल सरकारले पनि सुनिदिए धेरैको कल्याण हुने उनले तर्क गरे । यो कुरामा मेयर सिंह पनि सकारात्मक भएको पीडित क्यालको तर्क छ ।

सडक चौडा गर्नु थियो । तर बजारको नाम नक्सा नै आमूल परिवर्तन हुने गरी गर्नु अन्याय नै भएको आफूले पनि महसुस गरिरहेको मेयर सिंहको भनाइ छ । आफ्नो पनि त्यही क्षति गर्नु चाहना नभएको उनको तर्क छ ।

सेट ब्याकलाई महानगरले छुट दिने
पीडितसँगको भेटका क्रममा महानगरप्रमुख सिंहले पीडितलाई थप पीडा पुग्ने गरी घर निर्माण गर्दा सामान्यतया अनिवार्य गर्नुपर्ने सेट ब्याक चाहिँ महानगरले अब थप दाबी नगर्ने पनि खुलासा गरे । तथापि दुई वटा सर्त भने मेन रोडमा घर बनाउनेले पनि मान्ने पर्ने मेयर सिंहले अहिले नै भनेका छन् ।

पहिलो: घर निर्माण गर्दा सिँढी आफ्नै जग्गा भित्र मात्र बनाउनु पर्नेछ ।

दोस्रो: सडकतर्फ छज्जा, बल्कोनी वा अन्य कुनै संरचना निकाल्न नपाइने । यी दुई सर्त भने महानगरपालिकाले स्पष्ट पार्दै छिट्टै आधिकारिक सूचना पनि जारी गर्ने समेत जनाएको छ ।

मेयर सिंहसँगको भेटमा पीडित घरधनीका प्रतिनिधिले सडक विस्तारका क्रममा आफूहरूले भोग्न परेको मानसिक पीडा, आर्थिक क्षति, समस्या र नयाँ संरचना निर्माण गर्दा आउन सक्ने व्यवहारिक कठिनाइका ’bout मेयर सिंहको ध्यानाकर्षण गराउन पुगेका थिए । सडक विस्तार पीडितहरूको टोलीमा सुमन क्याल, ओमप्रकाश सिकारिया, प्रमोद सर्राफलगायत रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

तीन अवस्थाबाहेक पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश