अमेरिकी डलर र चिनिया युआन थप मजबुत, जापानी येन र थाई भाट बन्यो कमजोर

काठमाडौं । अमेरिकी डलर मजबुत बन्ने क्रम दिन प्रतिदिन जारी छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज शनिबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।

हिजो शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको थियो । बिहीबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको थियो । यस्तै, बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको थियो । यस्तै, मंगलबार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको थियो । सोमबार पनि यही थियो ।

दिनदिनै बढिरहेको जापानी येन भने आज केही कमजोर बनेको छ । आजका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन हिजो शुक्रबारका लागि १० को खरिददर नौ रुपैयाँ ९२ पैसा र बिक्रीदर नौ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको थियो । अस्ति बिहीबारका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९२ पैसा तोकिएको थियो । अस्ति बुधबार जापानी येन १० को खरिददर नौ रुपैयाँ ८३ पैसा र बिक्रीदर नौ रुपैयाँ ८७ पैसा थियो ।

थाई भाट पनि आज ओरालो लागेको छ । थाई भाट आज शनिबारका लागि एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

थाई भाट हिजो शुक्रबार एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा निर्धारण गरिएको थियो । अस्ति बिहीबार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६३ पैसा थियो ।

यस्तै, चिनियाँ युआन मजबुत बन्ने क्रम आज पनि जारी रह्यो । आज शनिबारका लागि चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७५ पैसा र बिक्रीदर २२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । हिजो शुक्रबार चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको थियो । अस्ति बिहीबार चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा थियो ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १९ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ३५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८३ पैसा तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११ रुपैयाँ ७७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६७ पैसा र बिक्रीदर २३ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ७२ पैसा बिक्रीदर ४०६ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिकी डलर र चिनिया युआन थप मजबुत, जापानी येन र थाई भाट बन्यो कमजोर