उर्लाबारी । अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य दिपेन्द्र धिमालको निधन भएको छ । उर्लाबारी नगरपालिका ६ स्थित घरमा बिहीबार विहान धिमालको निधन भएको पारिवारिक सदस्यले जानकारी दिए । पेटको समस्याबाट पीडित रहँदै आएका धिमाल केहीदिन अघि मात्र भारतको हैदराबादबाट उपचार गरि घरमा आराम गरिरहेका थिए ।
पेटमा क्यान्सर भएपछि उपचारमा रहेका धिमाल केही दिनअघि मात्र छैटोपटक किमोथेरापी गरि फर्किएका थिए । जिल्ला फुटबल संघ मोरंगको निरन्तर तीन कार्यकाल जिम्मेवारी सम्हालेका ६१ वर्षीय धिमाल पछिल्लोसमय एन्फा केन्द्रीय सदस्यमा विजयी भएका थिए ।
धिमाल नेपाल कांग्रेसको १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि रहेका थिए । ४० को दशक नजिक मोरंग फुटबलबाट नेतृत्व गर्दै राष्ट्रिय खेलकुदमा प्रवेश गरेका धिमालले तत्कालिन जनकपुर चुरोट काराखाना, क्षेत्रीयस्तर हुँदै कोशी अञ्चलबाट मैदानमा प्रतिनिधित्व गरेका थिए ।
सामाजिक कार्यमा समेत सक्रिय शान्त स्वभावका र फुटबल अहोरात्र खटिँदै आएका धिमालको निधनले मोरङको फुटबललाई स्तब्ध बनाएको कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्यालले बताएका छन् ।
अर्यालका अनुसार धिमालको आफ्नै परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ । धिमालको एक छोरा र छोरी रहेकाछन् ।
छोरी अष्टेलिया रहेको हुँदा अन्त्येष्टिका लागि पर्खने पारिवारिक सदस्यले जानकारी दिएको अर्यालले बताए । धिमाल नेपाली फुटबलमा ड्राइभर दाईको नामबाट परिचित रहेका छन् । धिमालको निधनसंगै मोरंग फुटबलले अभिभावक गुमाएको फुटबल संघका अध्यक्ष सञ्जीव बुढाथोकीले बताए ।
सम्बन्धित समाचार
च्याम्पियन्स लिग : लिभरपुलको उत्कृष्ट पुनरागमन
नेपाल एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा
एनभीएल : काठमाडौं र कर्णाली फाइनलका लागि भिड्दै
ट्रेलमाण्डुको आयोजनामा शनिबार ‘फ्लड रिलिफ १०के ट्रेल रन’
बागमती प्रदेशका मुख्यमन्त्रीद्वारा चेस ओलम्पियाड टोलीको बिदाई
क्यालेन्डरमा नेपाल ई-स्पोर्ट्स लिग
एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्यो कर्णाली प्रदेश, होला त घोषित मितिमै ?






