सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २९ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर प्रतितोला ४३९० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५० हजार २ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७६४ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

epaper

ताजा समाचार

५ हजार ७३७ परिवारलाई लालपुर्जा वितरण