काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (८ असोज बिहीबार) देखि एक हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार एक हजार दरको साविककै आकारमा रङ परिवर्तन गरी बैजनी रङको घेराभित्र फिक्का हरियो नोट चलनचल्ती ल्याउन लागिएको हो ।
चलनचल्तीमा ल्याइने एक हजारको नयाँ नोटको सिरिज २०२५ र संकेत नम्बर९२०००००१ देखि ५०९९९९९९ रहेको छ ।
नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र सोको मुनि १००० अंकित पानी छाप रहेको छ ।

नोटको मध्य खण्डमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तिहरूमध्ये देवकली भनी चिनिने हात्तीबाट जन्म भएका दुर्लभ मानिने राम र लक्ष्मण भनी चिनिने जुम्ल्याहा दुईवटा हात्तीहरूको चित्र रहेको छ ।
यसअघि ७ साउन २०७७ देखि चलनचल्तीमा ल्याइएको १ हजार रुपैयाँ दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ६८०००००१ देखि ९१४४०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार
अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा पराजुली नियुक्त
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
पोखरामा जग्गाको कित्ताकाट खुल्यो
सहकारी समस्या समाधानमा सरकारको अलमल
सुनको भाउ फेरि ३ लाख रुपैयाँ मुनि
बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार






