काठमाडौं । अस्ट्रेलियामा नर्सिङ अध्ययनरत नेपाली विद्यार्थी सञ्जु राईको सवारी दुर्घटनामा मृत्यु भएको छ । अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित ब्ल्याक स्प्रिङ्सनजिकै अक्टोबर २ मा भएको सवारी दुर्घटनामा २५ वर्षीया राईको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
नर्सिङ अभ्यास (प्लेसमेन्ट) सकेर गाउलबर्नबाट बाथर्स्ट फर्किने क्रममा अक्टोबर २ को साँझ करिब ५ बजे उनी सवार कार दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार घरतर्फ फर्किँदै गरेको कार अचानक अनियन्त्रित भएर सडकछेउको रुखमा ठोकिएको थियो । दुर्घटनामा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राई नर्सिङ विषयको अन्तिम सेमेस्टरमा अध्ययनरत नेपाली विद्यार्थी थिइन् । अस्ट्रेलियामै नर्स बन्ने उनको लक्ष्य रहेको थियो । परिवारले राईको शव नेपाल ल्याएर अन्तिम संस्कार गर्ने तयारी गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)









