काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा मंगलबार दिउँसो मेघगर्जन, चट्याङ र असिनासहित वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो सवा ३ बजेको समयमा काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र दोलखासहित कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा हावाहुरी र असिनापानी परेको हो।
काठमाडौंमा मेघगर्जनसहित असिनापानी परिरहेको र यी क्षेत्रहरूमा थप वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले असोज २४ गतेसम्म मौसम अहिलेकै अवस्थामा रहने जानकारी दिएको छ । यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिसकेको छ । विस्तारै गण्डकी, लुम्बिनी, बागमती, मधेश र कोशी प्रदेशबाट मनसुन बाहिरिने बेला भीषण वर्षा भएको हो । स्थानीय वायुले वर्षा गएको मौसमविद्को भनाइ छ ।
तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री शाह अमेरिकाको न्युयोर्क प्रस्थान
बाढीबाट मृत्यु भएकाको डिएनए जाँचमा चिनियाँ प्रविधि र वैज्ञानिकको सफलता
चार दिनको झरीपछि खुल्यो काठमाडौंको आकाश, वर्षाको गतिविधि क्रमशः घट्दै
नारायणी पुलमा अड्किएको क्रुज पन्छाउने प्रयास जारी
एसएसपी खड्का पुगे आयोग, गृहमन्त्री र आइजीपीलाई पनि बोलाइने
अर्जुन दोङकी आमा न्याय माग्दै सिंहदरबारको ढोकामा
वरिष्ठ पत्रकार हरि लम्सालको निधन
१५ क्विन्टलभन्दा बढी गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार






