कुशवाहा समाजको अध्यक्षमा १ मतको अन्तरले बाजी मारे रामनारायण

राजविराज । नेपाल कुशवाहा कल्याण समाज सप्तरीको अध्यक्षमा रामनारायण मेहता निर्वाचित भएका छन् ।

शनिवार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट मेहताको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । सहमतिबाट नयाँ नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रक्रियाबाटै नयाँ नेतृत्व चयन गरिएको निर्वाचन समितिका संयोजक जय प्रकाश महतोले जानकारी दिए ।

अध्यक्ष पदमा रामनारायण मेहताले ५७ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी चेत नारायण मेहता ५६ मत ल्याई एक मतको झिनो मतान्तरले पराजित भए ।

अध्यक्ष पदमा निर्वाचित मेहता यस अघि संस्थाको सल्लहाकारको जिम्मेवारीमा थिए । जितपछि उनले सबैको साथ र सहयोग लिएर जातीय संस्थाको उत्थान र सशक्तिकरणका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

संस्थाको उपाध्यक्षमा शुभकलाल महतो, महिला उपाध्यक्षमा मुनी मेहता, सचिवमा राजाबाबु मेहता, सह सचिवमा रामशरण महतो र कोषाध्यक्षमा सूर्यनारायण महतो निर्वाचित भएका छन् ।

यस्तै १९ सदस्य मध्ये १२ जना पुरुष र ७ जना महिला निर्वाचित भएको निर्वाचन समितिका संयोजक जय प्रकाश महतोले जानकारी दिए । चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा १ सय २१ जनाले मतदान गरेका थिए । यसअघि उक्त अधिवेशनको प्रमुख अतिथि मधेश प्रदेशका शिक्षा मन्त्री मनोज सिंहले उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष हंश नारायण मेहताको अध्यक्षतमा आयोजित उद्घाटन समारोहमा नेपाल कुशवाहा, बुद्धिजिवी समाज सप्तरीका अध्यक्ष योगेन्द्र प्रसाद मेहता, नेपाल कुशवाहा महिला कल्याण समाज सप्तरीका अध्यक्ष रिका कुमारी मेहता, नेपाल कुशवाहा विद्यार्थी मञ्चका अध्यक्ष प्रदीप मेहता, उच्च अदालत बार एशोसिएसन राजविराजका अध्यक्ष बलराम प्रसाद सिंह लगायतले पनि शुभकामना दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य, रोहितको शतक