पोखरा । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापासँग पोखरामा सोमबार जेनजी समूहले विभिन्न माग राखेका छन् । उनीहरुले जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिनुपर्ने, राजनीतिक मुद्दा खारेजी तथा बन्दीहरूको रिहाइ गर्नुपर्ने, देशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूको नेतृत्वमा भएको जेनजी आन्दोलनले सुशासन, जवाफदेहिता र नागरिक स्वतन्त्रताको माग राखेका हुन् ।
काँग्रेसका अग्रज नेता, पूर्वमन्त्री तथा पूर्वसांसद प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिको शोकसभामा सहभागी हुन पार्टीका नवनिर्वाचित सभापति थापा पोखरा आएका थिए ।
जेनजी युवाले आन्दोलनको लामो समय बितिसक्दा पनि सहभागी युवाहरूमाथि मुद्दा कायम रहनु, कतिपय पुर्पक्षका लागि थुनामा हुनु र सरकारसँग भएका सहमति कार्यान्वयन नहुनु गम्भीर चिन्ताको विषय बनेको बताए ।
पुर्पक्षका लागि थुनामा रहेका आन्दोलनकारीलाई यथाशीघ्र स–सम्मान रिहाइ, प्रतिशोध अन्त्य, आन्दोलनकारीमाथि हुने कुनै पनि प्रकारको राजनीतिक प्रतिशोध र कानूनी दबाबको अन्त्य र सहमति कार्यान्वय, सरकार र आन्दोलनकारी पक्षबीचका १० बुँदे सहमतिको पूर्ण र समयबद्ध कार्यान्वयन गर्न माग राखे । आन्दोलनका क्रममा भएको अत्यधिक बल प्रयोग र दमनको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नसमेत उनीहरुले आग्रह गरेका छन् ।
राहत तथा पुनस्र्थापना प्रभावित युवा तथा तिनका परिवारका लागि विशेष राहत, स्वास्थ्य, शिक्षा र रोजगार पुनस्र्थापना कार्यक्रम ल्याउनुपर्ने, नेपाली काँग्रेसले सुशासन र नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदै आएको सन्दर्भमा यी न्यायपूर्ण माग संसद् र सरकारसमक्ष सशक्त रूपमा उठाउनसमेत सभापति थापासँग आग्रह गरे ।
सम्बन्धित समाचार
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज
दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो भदौ ५ यताका १५ उपलब्धि
कांग्रेस १५औँ महाधिवेशन : बन्दसत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
कांग्रेसको विधान संशोधन प्रस्ताव बन्दसत्रबाट पारित, ५ जना उपसभापति, १५ सहमहामन्त्री
फुट्छ, फेरि जोडिन्छ ८० वर्षे कांग्रेस
नेकपा केन्द्रीय कार्यसंयोजन समिति बैठक सुरु, झलनाथ गएनन्
नेकपाले कात्तिक ७ देखि मंसिर २५ सम्म राष्ट्रिय जागरण अभियान चलाउने






