क्रिकेटर राेहित पाैडेलले थाइल्यान्डमा गरे बिहे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिएका छन् । रोहितले थाइल्यान्डमा एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन् ।

रोहितको विवाहका लागि कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा लगायत राष्ट्रिय टोलीका खेलाडी पनि थाइल्यान्ड पुगेका थिए । यसअघि करण केसीले पनि नेपालबाहिर बिहे गरेका थिए ।

राेहितले अहिलेसम्म आफ्नोे प्रेमिका सार्वजनिक गरेका थिएनन् । राेहितले फेसबुकमार्फत विवाहकाे तस्बिर सार्वजनिक गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

क्रिकेटर राेहित पाैडेलले थाइल्यान्डमा गरे बिहे