जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका– १७ तेतरिया पुलमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्ँिकदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालका अनुसार एउटा मोटरसाइकलका चालक १८ वर्षीय सुजित यादवको मृत्यु भएको हो । यादवले चलाएको मोटरसाइकलमा सवार बलराम यादव, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ का २० वर्षीय रामपुकार यादव र त्यसमा सवार सोही स्थानका अखिलेश यादव घाइते भएका हुन् । अखिलेशको अवस्था गम्भीर छ । निजको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार जारी छ ।
तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)
सम्बन्धित समाचार
दसैँका लागि २३ असोजदेखि टिकट बुकिङ खुला
अख्तियारद्वारा नापी अधिकृत वलीविरुद्ध आरोपपत्र दायर
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाख रुपैयाँसम्म
बूढीगण्डकीमा आकस्मिक बाढीः बाँध फुटेको हुनसक्ने प्रारम्भिक अनुमान, ३५ घर बगे
पूर्वराजा शाहले यस वर्ष दसैँमा सर्वसाधारणलाई टीका नलगाउने
प्रहरी दिवसमा गृहमन्त्री गुरुङले भने– ‘राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन’
बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्छन् : विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ
ढुंगे–त्रिशूली जोड्ने झोलुंगे पुल सञ्चालनमा






