काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ ।
विभागका मौसमविद् रोजन लामिछानेका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आजदेखि नै आंशिक बदली हुने तथा बुधबारदेखि वर्षा र हिमपातको सम्भावना छ ।
‘आगामी शुक्रबारसम्म देशका विभिन्न भूभागमा मौसममा बदली हुने तथा वर्षा र हिमपातको पनि सम्भावना छ, आज हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ,’ उनले भने, ‘आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।’
महाशाखाका अनुसार मंगलबार कोशी, मधेस, बागमती र गण्डकीका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । सो अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
बुधबारदेखि शुक्रबारसम्म पनि देशका हिमाली तथा पहाडी भूभागमा बदली रहने र केही स्थानमा वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।
बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी भूभागमा वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले मौसमसम्बन्धी पूर्वानुमानलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ । वर्षा तथा हिमपातका कारण दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई मौसमको अद्यावधिक सूचना लिएर आवश्यक तयारी गर्न महाशाखाले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
प्रहरी दिवसमा गृहमन्त्री गुरुङले भने– ‘राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन’
बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्छन् : विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ
ढुंगे–त्रिशूली जोड्ने झोलुंगे पुल सञ्चालनमा
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका
विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छ : प्रधानमन्त्री शाह
सभापति लामिछाने भारत जाँदै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत ?






