प्रधानमन्त्री शाहलाई भारतको राष्ट्रपति भवनमा ‘सम्मान गारत’

नयाँ दिल्ली (भारत) । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहबीच भारतीय सेनाको टुकडीले ‘सम्मान गारत’ अर्पण गरेको छ ।

सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए । समारोहमा भारतीय सेनाको टुकडीले उनको सम्मानमा सम्मान गारत अर्पण गरेको हो ।

सो अवसरमा नेपालका अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसहित उच्च सरकारी अधिकारीको उपस्थिति थियो ।

सम्मान गारत ग्रहण गरेपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट प्रस्थान गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु