नयाँ दिल्ली (भारत) । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुनेभएको छ ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ बजे भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटवार्तापछि महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने जनाइएको छ । आजै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा केही आयोजना उद्घाटन गर्नेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।
यस्तै, प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् ।
यस्तै, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसअघि आज बिहान प्रधानमन्त्री शाह राजघाट पुगी महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन् ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र सञ्चारकर्मी छन् ।
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमण पूरा गरी आजै स्वदेश फर्कने कार्यतालिका छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान, हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना
राष्ट्रपतिद्वारा सर्वाेच्च अदालतमा चार न्यायाधीश नियुक्त
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा
यस्तो छ आजको मौसम पूर्वानुमान
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जाँदै, सोमबार नै फर्कने






