जेभियर इन्टरनेशनल कलेजद्वारा आयोजित मनोवैज्ञानिक गोष्ठी सम्पन्न

काठमाडौं । कोरोना संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन अहिलेसम्म पूर्णरुपमा खुलेको छैन । यो अवस्थामा मानिसले मनोवैज्ञानिक दबाब झेल्नु स्वभाविक हो । यो दबाबलाई कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यले जेभियर इन्टरनेशनल कलेज तथा मेरो स्पार्कको सहकार्यमा आयोजित मनोवैज्ञानिक दबाब र स्वहेरचाहसम्बन्धी भर्चुयल कार्यशाला मंगलबार सम्पन्न भयो ।

कार्यशालामा जेभियर इन्टरनेशनल कलेजका विद्यार्थी र युवा वर्गको उल्लेख्य सहभागिता थियो । कार्यशालामा त्रिविवि केन्द्रीय विभागका मनोविज्ञान व्याख्याता सन्देश ढकालले प्रशिक्षण दिएका थिए ।

उनले एकलाई तनाव भए अर्कोलाई अवसर हुने बताए । व्याख्याता ढकालले भने, ‘मान्छेको दृष्टिकोणअनुसार तनावले फरक-फरक रुप धारण गर्छ । तनाव हुनु सामान्य हो र यो केही मात्रामा स्वस्थ पनि हो । तनावमुक्त जीवन केवल कल्पना मात्र हो । तैपनि तनावका नकरात्मक प्रभावलाई घटाउँदै सकरात्मक पक्ष अँगाल्नु महत्वपूर्ण हुन्छ ।

उच्च र अनियमित स्तरको तनावले विभिन्न नकरात्मक परिणाम निम्त्याउँछ । उच्च रक्तचाप, मस्तिष्क प्रतिरोधक क्षमता तथा रक्त वहननी प्रणालीमा असर पार्छ । यति हुँदाहुँदै पनि सकरात्मक तनावले भने स्वास्थ्य प्रेरणा प्रदर्शन र भावनात्मक कल्याणमा लाभकारी प्रभाव पार्छ । नकरात्मक तनावले व्यवहारिक तथा शारीरिक लक्षणहरु टाउको दुख्ने, पेटमा समस्या, रिस, डिप्रेसन, मदिरा सेवन आदि हुन्छ ।

विरामी पर्दा मात्र होइन, प्रत्येक दिन आफ्नो शरीर, दिमाग र आत्माको राम्रो देखभाल गर्नु आवश्यक छ । स्वहेचाहाका निम्ति स्वस्थ खाना सेवन गर्नु, नियमित व्यायाम गर्नु तथा विश्राम लिनु राम्रो हो ।

अहिलेको महामारीको कठिन समयमा आवश्यकता चाहेजस्तो नहुनु स्वभाविक हो । यसले नकरात्मक पक्षमा अल्झिनुको सट्टा यसलाई सामान्य प्रक्रियाको रुपमा ग्रहण गर्नु अपरिहार्य छ ।

खाली दिमाग शैतानको घर’ भनेझै यसबेला हामीले सक्दो आफ्नो तनमनलाई तन्दरुस्त र सकरात्मक राख्नुपर्छ । स्वस्थ्य खाना, उपयुक्त निन्द्रा, व्यायाम तथा सामाजिक निकटतालाई मजबुत बनाउनुपर्छ । साथै खाली समयको सदुपयोग गरी आफ्नो रुचि एवम् कलालाई सिंघार पटार गर्नुपर्छ । तसर्थ, तनावले हामीलाई व्यवस्थापन गर्नुअघि हामीले तनाबको प्रवन्ध गरौं, व्याख्याता ढकालले भने ।’

कार्यक्रमका प्रशिक्षकलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका आयोजक साथै जेभियर कलेजका सहायक प्रध्यानध्यापक दिपेन दाहालले यस महामारीको समयमा कुराहरु चाहेको जस्तो नहुनु स्वाभाविक हो । यसको नकारात्मक पक्षमा अलझिनुको सट्टा यसलाई सामान्य प्रक्रियाको रुपमा ग्रहण गर्नु अपरिहारय छ । कार्यक्रममा सहभागिता जनाउनु हुने सम्पूर्णले सिकेका कुरा आफ्नो जीवनमा अपनाउनु हुन्छ भन्ने अपेक्षा रहेको बताए । कार्यक्रम दिलाशासिंह ठकुरीले सञ्चालन गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा