आफुलाई बचाई दिन मृगौला पीडित दर्जीको आग्रह

पत्रकार सम्मेलन गरी मृगौला पिडित विशाल दर्जीले आफुलाई बचाई दिन आग्रह गर्दै ।

कालिकोट । कालिकोट जिल्लाको शान्नी त्रिवेणी गाउँपालिका ४ निवासी मृगौला पिडित २० वर्षीय विशाल दर्जीले आफुलाई बचाई दिन आग्रह गरेका छन् । आर्थिक अवस्था निकै कमजोर भएका दर्जीले उपचारमा आर्थिक सहयोगका लागि जिल्लाको सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गरी आफुलाई बचाई दिन आग्रह गरेका हुन् ।

रोजगारीको शिलशिलामा भारतको महाराष्ट्रमा विगत दुई वर्षको अवधिमा काम गर्दै आएका दर्जीले स्वास्थ्यमा पटक पटक खराबी आई भारतकै पुनाहा जिल्लामा स्वास्थ्य चेक गराउँदा डाक्टरले दुवै मृगौला फेल भएको जानकारी पाएपछि नेपाल फर्केका थिए । डाक्टरले दुई महिना भित्र अप्रेसन गर्न भनेपछि उनी लकडाउनकै बिचमा घर फर्किए । घर आएपछि १५ दिन क्वारेन्टाइनमा बसेका थिए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘घरको आर्थिक अवस्था निकै कमजोर छ, बिहान वेलुका खान नपुगेरै रोजगारीको लागि श्रीमतीसंगै लिएर भारत पुगेँ । भारतमा दुई वर्ष काम गरेँ । काम गरेको केहि पैसा घर खर्चका लागि नेपाल पठाएँ । घरमा रोजगारी कसैको छैन । सबैले मजदुरी गरेर खान्छौं । अब कसरी खाने होला ?’, उनले दुखेसो पोखे । ‘गरिबीको कोखमा जन्म लिएँ, धनी भएको भए भारतबाट नेपाल आउँथिन, उतै उपचार गर्थेँ’, उनले भने ।

‘म बाँच्न चाहान्छु । मलाई बचाउनु होस् । तपाईको ऋण बाचेँ भने तिर्ने छु । मृगौला पिडित दर्जीलाई साथमा ल्याएर आर्थिक सहयोग माग्दै आएका उनका बुवा धनपती दर्जीले भने, ‘चार छोरा, दुई छोरी छन् । उनीहरुलाई पाल्न समेत नसकेको बेला ठुलो वर्जपात आइलाग्यो, कसरी छोरोलाई बचाउँ ।’ ‘मजदुरी गरी खाने मेरो लागि कसरी छोरोको उचार गरुँ’, उनले रुँदै भने, ‘मेरो छोलाई बचाई दिनुहोस्, मेरा नाती, पनातीले ऋण तिर्नेछ । डाक्टरले अबको दुई महिनामा अप्रेसन गर्नुपर्ने भनेको छ ।’

आर्थिक अवस्था अत्यन्त दयनीय भएकाले थोरै पनि मानवीय रुपमा सहयोग गरेको वेवारिले बताए । उनले अन्य व्यक्तिहरुलाई समेत सहयोग गरेर धनालाई बचाउन अपिल गरेका छन् । मृगौला पीडितका आफन्त विकास तिरुवाले डाक्टरले एक मृगौला जन्मदै नभएको भनेको बताए । पारिवारिक अवस्था निकै कमजोर भएकाले सबैले सहयोग गरिदिन आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली