डडेल्धुरा । शुक्रबार सुदुरपश्चिम प्रदेशमा ३५ जना संक्रमित थपिएपछि संक्रमितको संख्या सुदुरपश्चिममा १७ सय नाघेको छ ।
प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार डोटीका २५ जना, कैलालीको चुरे गाउँपालिकाका ५ जना,भजनीका २ जना गरी ७ जना, बैतडी पञ्चेश्वरका २ जना र कञ्चनपुरको भीमदत नगरपालिकाका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
शुक्रबार ३५ जनामा संक्रमण देखिएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय २ जना पुगको छ । सबैभन्दा बढी कैलालीमा ५ सय १८ जना, कञ्चनपुरमा २ सय ५५ जना,डोटीमा २ सय ३४जना, डडेल्धुरामा २ सय १७ जना, बैतडीमा १ सय ६५ जना, अछाममा १ सय २५ जना, बाजुरामा १ सय ८ जना, बझाङमा ६२ जना, दार्चुलामा १३ जना कोरोना संक्रमित भएका छन् ।
जसमध्ये ५ जनाको मृत्यु भएको छ भने २ सय ४४ जना कोरोना जितेर घर फर्किएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)






