काठमाडौमा खुल्यो अचम्मको रेस्टुरेन्ट, जहाँ माछासासु मात्रै होइन दुध घ्यू पनि पाइदैन

काठमाडौ । काठमाडौको ठमेलमा फागुन तीन गतेदेखि भेज एन्ड भेगन रेष्टुरेन्ट संचालनमा आएको छ ।

नेपाली काग्रेसका साम्सद भिमसेन दास प्रधान र नेपाल पत्रकार महासंघ युएई शाखाका निवर्तमान अध्यक्ष भुपराज बस्यालले सयुक्त रूपमा रिनब काटेर उद्घाटन गरे ।

युएईमा लामो समय बिताएका काठमाडौका नारायण न्यौपानेले संचालनमा ल्याएकाे रेस्टुरेन्ट नाम प्लिज्ड भेज एन्ड भेगन राखिएकाे छ ।

नेपालमा सम्भवत पहिलो प्रयोगमा आएको यो रेष्टुरेन्ट बिदेशमा भने धेरै पाइने गर्छ । भेज भन्दा छुट्टै बिशेषता बोकेको रेस्टुरेन्टमा माछामासु एवम् दुध बाट बनेका कुनै पनि पदार्थका परिकार पाइदैन । बन्यजन्तुको संरक्षण गर्नुपर्छ भन्ने मान्यता बोकेर हिडेका पौडेल नाफाको केही प्रतिशत यसै क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद भिमसेनदास प्रधानले हाम्रो शरीरको बनावटनै साहाकारीको संरचनामा बनेको हुँदा मासुको आवश्यक नहुने उल्लेख गरे । कार्यक्रमका अर्का बिशिस्ट अतिथि नेपाल पत्रकार महासंघ युएईका निवर्तमान अध्यक्ष भूपराज बस्यालले मानिसले पछिल्लो समय स्वास्थमा निकै ध्यान दिन लागेको हुँदा यसको बजार राम्रो हुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 383 times, 1 visits today)

epaper

ताजा समाचार

किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण