चिनी कम रङ कडा : हिरोइनले चिया बेचिन्, हिरोले नुहाउन छाडे

काठमाडौं । ‘चिनी कम रङ कडा’ फिल्मको नाम सुन्दै अलि फरक लाग्छ । आम सिनेमा भन्दा फरक सुनिन्छ । त्यहि फिल्ममा मुख्य भुमिका निर्वाह गर्ने मध्येकी एक हुन् अनु थापा । नेपालको पहिलो नेशनल एक्टिङ कम्पिटिशनकी वीनर अनुले यसमा सिन्धुपाल्चोकबाट काठमाडौ आएर चिया बेच्ने युवतिको भुमिका निर्वाह गरेकी छिन् ।

ललिता नामक युवतिको भुमिका निर्वाह गरेकी अनुका लागि यो भुमिका आफैंमा नौलो मात्रै थिएन रोमाञ्चक पनि थियो । शहरका महंगा क्याफेमा चिया कफि खाएर हुर्किएकी अनु जब चलचित्रमा अनुबन्ध भइन् । उनलाई लाग्यो ‘वर्कसपमा मज्जैले काम गर्नुपर्छ ।’ उनको वर्कसप नै पाटन गल्लीबाट सुरु भयो । दुईटा थर्मसमा चिया राख्थिन् । (दुध राखेको र नराखेको) पसल पसलमा सोध्दै हिंड्थिन् चिया पिउनुहुन्छ ?

गल्ली छेउका दोकानदारहरुले अनुको चिया पैसा तिरेर खाए । तर, अनुको वर्कसप हो भन्ने थाहा पाएनन् । पहिलो दिनको अनुभव सुनाउदै अनु भन्छिन् ‘चार कप चिया बेचेर ८० रुपैंया कमाएकी थिएँ ।’ एक महिनासम्म पाटन र बसन्तपुरको गल्लीमा थर्मस डुलाउदै हिँडिन् । अहिले आफ्नो फिल्म हेरेका दर्शकले ‘गज्जब अभिनय’ भनेर प्रतिक्रिया दिँदा मख्ख छिन् ।

गल्ली छेउका दोकानदारहरुले अनुको चिया पैसा तिरेर खाए । तर, अनुको वर्कसप हो भन्ने थाहा पाएनन् । पहिलो दिनको अनुभव सुनाउदै अनु भन्छिन् ‘चार कप चिया बेचेर ८० रुपैंया कमाएकी थिएँ ।’

जतिवेला अनु थर्मसमा चिया बोकेर निस्किइन् उनले आफुलाई चिया बेच्ने युवतिकै रुपमा प्रस्तुत गरिन् । भन्छिन् ‘जब मेरो वर्कसप सुरु भयो मैले आफुलाई अनु भन्ने बिर्सिएँ र ललिताकै रुपमा ढालेँ ।’ सो क्रममा उनले अभिनय मात्रै सिकिनन् गरिखान पनि सिकिन् । भन्छिन् ‘अब म केही काम पाइने भने चिया बेचेर पनि खान सक्छु ।’

‘होस्टेल रिटन्र्स’बाट अभिनय क्षेत्रमा प्रवेश गरेका शुसिल सिटौलाले अघिल्ला फिल्ममा आफुले सोचेको जस्तो भुमिका निर्वाह गर्न पाएका थिएनन् । यो फिल्ममा आफुले सोचेजस्तै भुमिका पाएको दावी गर्छन् ।

फिल्ममा उनी आफ्नो भुमिका’bout त्यति धेरै खुलेनन् । यति मात्रै भनेँ ‘यसमा मैले तपाई हामीले देखिरहेको भोगीरहेको तर, नोटिस नगरेको पात्रको भुमिका छु ।’ त्यो पात्र ननुहाउने अलि फोहोरी खालको थियो । सुशिल भन्छन् ‘वर्कसप अवधिभर मैले एक महिनासम्म नुहाउदा पनि नुहाइन दाँत पनि माझिन ।’

विवेक घिमिरेको निर्देशन रहेको यस चलचित्रमा मुख्य पात्र चार जना छन् मानव सुवेदी, अनु थापा, सुशिल सिटौला र सूर्या थापा ‘अन्तराल’बाट डेब्यु गरेका मानव म्युजिशियन पनि हुन् । चिनी कम रङ कडामा ब्यकराउण्ड म्युजिकदेखी स्वर समेत मानवकै रहेको छ । मोडलिङमा सक्रिय सूर्या थापाको पनि अभिनय रहेको छ ।

गणेशदेब पाण्डेको लेखन र निर्माण रहेको यो फिल्म अहिले अमेजन प्राइम भिडियो मार्फत अमेरिका र बेलायतमा प्रदर्शन सुरु भएको छ । केही समयपछि नेपालमा नेपाली दर्शकले पनि हेर्न पाउने निर्देशक घिमिरेको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?