बडाकाजी अमरसिँह थापाको स्मृति दिवसको पुर्व सन्ध्यामा अमरगढी किल्ला सरसफाई गरिएको छ । अमरसिह थापाको नामले स्थापित अमरगढी नगरपालिकाले पहिलो पटक ऐतिहासिक निर्णय गरि राष्ट्रिय विभुति अमरसिह थापाको स्मृतिमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
श्रावण १४ गते बसेको अमरगढी नगरपालिका नगर कार्यपालिकाको बैठकले साउन १६ गते अमरसिंह स्मृति दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले बताए । ‘सुदुरपश्चिमको प्रसिद्ध मेला देहिजात(उग्रतारा मेला), प्रशिद्ध शक्तिपिठ घटाल स्थानमा लाग्ने घटाल जाँत र अमरसिह थापाको स्मृतिमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।’ उनले भने ।
अमरसिह थापाले डडेल्धुरा जिल्लामा वि.स. १९४७ मा अमरगढी किल्ला निर्माण गरेको र सोही अमरगढी किल्लाको नामले वि.स. २०५३ सालमा अमरगढी नगरपालिकाको नामाकरण भएको थियो तर अमरगढी नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय भने पहिलो पटक भएको छ ।
राष्ट्रिय विभुति बडाकाजी अमरसिह थापाको स्मृति दिवस साउन १६ गते विभिन्न कार्यक्रम गरि मनाईने अमरगढी नगरपालिकाले जनाएको छ । थापाद्धारा निर्माण गरिएको विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न र तिनै ऐतिहासिक पुरुष अमरसिंह थापाको स्मृतिमा सार्वजनिक विदा दिने निर्णय ऐतिहासिक निर्णय भएको स्थानीय नरेश थापाले बताए ।
समुन्द्र सतहबाट करिब ६ हजार ५०० फिट उचाईमा रहेको डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा अमरगढी किल्ला रहेको छ । बडाकाजी अमरसिंह थापाद्धारा निर्मित यो किल्लामा ठूला ठूला ढुंगाबाट निर्माण गरिएको निकै कलात्मक रहको छ ।
अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वर प्रसाद ओझाको नेतृत्वमा नेपाल प्रहरी, अमरगढी किल्ला विकास समिति, संचारकर्मी, नेपाल स्वयम सेवक संघ,नेपाल विद्यार्थी संघ र स्थानीय वासिन्दाहरुले अमरसिह थापाको स्मृतिको पुर्व सन्ध्यामा किल्लाको सरसफाई गरेको छन् ।
वि.स. १८७३ मा मृत्यु भएका बडाकाजी थापालाई १८४७ मा कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न प्रथम प्रशासक नियुक्त भएका थिए । प्रशासक नियुक्त भएकै वर्ष ढुङ्गे किल्लाको निर्माण गरि यसैलाई अमरगढी किल्लालाई आधार शिला कायम गरी गोरखा राज्यको सिमाना विस्तार गरेका थिए ।






