डोरो बान्दा कोरोना सर्दैन ! (फोटोफिचर)

काठमाडौं । आज जनै पूर्णिमा । हिन्दुहरुको महत्वपूर्ण मध्ये एक मानिने जनै पूर्णिममा जनै फेर्ने र डोरो बाँध्ने चलन हुन्छ । प्रायले वर्षभरि आजापूजामा सहभागी गराउँदै आएका पुरोहितमार्फत जनै लगाउने र दक्षिणा दिने चलन हुन्छ ।

जसको तोकिएको पुरोहित हुन्न उनीहरु नजिकको मठ मन्दिरमा जान्छन् र मठ मन्दिरमा बसेका पुरोहित मार्फत जर्नै फेर्ने र डोरो बाँध्ने गर्छन् । विगतमा वर्षहरुमा पशुपतिनाथ, बंगलामुखी कृष्ण मन्दिर, कलंकी मन्दिर लगायतका स्थानमा डोरो बाँध्नेहरु ठेलम ठेल गरेर सहभागी हुन्थे ।

यसपाली विश्वभर कोभिड–१९ को संक्रमण रहेकाले आम सर्वसाधारण विगतका वर्षमा झैं ठेलम ठेल गर्दैनन् कि भन्ने थियो । तर, त्यसो गरेनन् । डोरो बाँध्न मन्दिरमा जानेहरुले ‘डोरा बान्दा कोरोना सर्दैन’ झैं गरे । काठमाडौंको कलंकी मन्दिरमा देखिएको दृष्य यस्तो थियो ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?