काठमाडौं । काठमाडौं उपत्यकाका तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले प्रदान गर्दै आएको अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।
बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखलाई निर्णय गर्न दिने निर्णय गरेको छ । बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने निर्णय गरेको छ । साथै सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)






