३४ जना स्वास्थ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि अस्पतालको उपचार सेवा बन्द

सप्तरी, राजविराज । ३४ जना स्वासथ्यकर्मी आइसोलेशन र क्वारेन्टाइनमा बसेपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको उपचार सेवा शक्रबारदेखी बन्द हुन पुगेको छ ।

चिकित्सक र स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि शुक्रबार बिहानदेखी सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले ७ जना स्वास्थ्यकर्मी आइसोलेशनमा र ४ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा भर्ना भएका कारण सर्जिकल र आकस्मिक सेवा बन्द गरिएको जानकारी दिएका छन् ।

एनेस्थेटिस्टका डाक्टरसमेत क्वारेन्टाइनमा रहेका कारण गाइनोमा पनि शल्यक्रिया सेवा बन्द भएको छ, डा. झाले भने, ‘बाँकी रहेका ५ जना चिकित्सक र चार जना स्वास्थ्यकर्मी गरि ९ जनाको भरमा अस्पताल कसरी संचालन गर्ने ?’

सात दिनमा ७ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको र उनीहरुको सम्पर्कमा आएका चार चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टाईमा बस्दा जनशक्तिको चरम अभाव भई स्वास्थ्य सेवा प्रभावित भएको डा. झाको भनाई छ ।

एकातिर स्वास्थ्यकर्मी संक्रमित हुँदै जाने र अर्को तिर आकस्मिक कक्ष, ओपिडि, इन्डोर र गाइनोका साथै आइसोलेशनमा पनि स्वास्वाथ्य सेवा प्रदान गर्नुपर्ने स्थितिका कारण जनशक्तिको चरम अभाव भएको बताउँदै डा. झाले यसतर्फ प्रदेश र संघीय सरकारबाट आवश्यक पहल हुनुपर्ने आग्रह समेत गरेका छन् ।

उपचार सेवा बन्द भएपछि बाहिरबाट उपचारका लागि आएका बिरामीहरु राजविराजमा एम्बुलेन्स बुक गरि धरान, बिराटनगर लगायतका स्थानमा उपचारका लागि जान बाध्य भएका छन् ।

यता सप्तरीमा दैनिक संक्रमित फेला पर्दै गएपछि स्थानिय प्रशासनले जिल्लाभर साउन २६ गतेसम्मका लागि निषेधाज्ञा जारि गरेको छ । जसकारण बजारहरु सुनसान बनेको छ भने जनजिवन कष्टकर बन्दै गएको छ ।

जिल्लामा शुक्रबारसम्ममा संक्रमितको संख्या ५ सय ५७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्र उम्मेवार दौलथ कुलुङ विजयी