पत्रकारसहित सप्तरीमा थपिए १८ जना कोरोना संक्रमित

राजविराज । जिल्लामा बुधबार एक पत्रकार र चार महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले एक पत्रकार र चार महिलासहित १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

पोजेटिभ मध्ये एक जना पत्रकार पनि छन् । ४० वर्षिय उनी पत्रकार महासंघ सप्तरीका पदाधिकारी समेत हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो पटक पुष्टि भएकाहरु राजविराज नगरपालिका १ र २ का ३÷३ पुरुष, वडा नं. ४ का १ पुरुष एक महिला, वडा नं. ६ का ३ महिला र ४ पुरुष तथा वडा नं. ७ का एक पुरुष रहेका छन् ।

यस्तै रुपनी गाउँपालिका वडा नं. ६ का दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय १ पुगेको छ । संक्रमित सबैलाई साईकृष्णा मेडिकल कलेजस्थित आइसोलेशन कक्षमा ल्याउने तयारीका साथै उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान र स्वाब संकलन कार्य अघि बढेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

epaper

ताजा समाचार

संखुवासभामा गोली हानी शिक्षकको हत्या