बाजुरा । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका–३ चौराटा गाउँका सबै खेतहरु राताम्बे पाकेको धानझै खेतहरु देखीन थालेका छन् । तर त्यहाँका खेतभरीका धान पाकेर पहेला भने भएका हैनन् । त्यहाँ खुम्रे कीराले काटेर खेतबारीहरु रताम्बे भएका छन् । त्यहाँ मात्र नभई जिल्लाका सुख्खा हुँने क्षेत्रका सबै खेतबारीहरु यसरीनै किराले जरा खाएर धानका बोटहरु सुकेर सखाप पारेको छ।
‘पहिले–पहिले केही केही ठाउँमा मात्र यस्तो समस्या देखीएको थियो तर अहिले आएर सबै खेतबारीहरु किराले खाएर सखाप पारेको छ।, हाम्रो गास खोसेको छ। भने यो नपाकेर सुकेको पराल पनि पशु चौपायाले खाँदैनन् उनिहरुको समेत हिउँदको घाँस खोसेको छ । अब के खाने भन्ने चिन्ता छ । ’ बडिमालिका–३ चौराटाका रामबहादुर बिष्टले दुखेसो पोखेका छन् ।
उनले थपे ः‘अब धान गोडेर झारपात सफा गरीयो फुल्याली हालेर थान टन्न फल्ने भयो भन्ने सोचिरहेको बेला खुम्रे किराले यसरी खेत बारीनै नाङ्गो हुँने गरी सखाप पारेपछि दशैमा टिकालगाउँन समेत बारीको धानको अछेता बनाउँन नसकीने अवस्था सृजना भएको छ।’
‘अरु ठाउँमा खेत बारी हुँनेहरुलाई त अर्को ठाउँबाट आईहाल्ल छ।, तर हामी जस्तो एकै ठाउँमा मात्र खेतबारी भएका किसानहरुका लागि भने यो धेरै ठुलो समस्या भएको छ। लगाएको बाली पाक्ने बेला यसरीनै किराले सखाप पारी दियो भने हिउँदमा हातमुख जोड्न समेत कठीन हुँने भएको छ। ’ बडिमालिका–७ का लक्ष्मीराज पाध्यायले बताएका छन्।
‘ हामीले आम्दानी गर्ने खेतबारी नभएको होइन, फल्न, पाक्न पाए आफूहरुलाई खानपुग्ने जग्गाजमिन छ तर, जे चीज लगाए पनि उम्रेपछि खुम्रेकिराले नष्ट गरिदिन्छ अनि समस्या जहीको त्यही हुँने गरेको छ। यो हरेक बर्षको समस्या हो ।’ बडिमालिका नगरपालिका–३ रजालीका अमरबहादुर खड्काले बताए ।
‘बाजुराका धेरै जसो छरेको धान लगाउँने पाखो र भिरालो जमिनमा बलौटे माटो भएकाले पनि खुम्रेकिराले बढी सताएको किसानको बुझाइ छ । यो पटक पनि बारीमा लगाएको धान,कोदो पहेँलो भएर सुक्न थाल्यो, फल्ला र खाउला भन्ने आशै छैन ’ बडिमालिका–८ रावलबाडाका लालबहादुर रावलले बताए ।
कृर्षि ज्ञान केन्द्र बाजुराका प्राबिधिक निर्पनाथ योगिले भनेः‘ खुम्रेकिराको वैज्ञानिक नाम फाइलोफागा एसपिपी हो । खुम्रेकिरा सबैभन्दा विनाशकारी किट किरा हो । यो रोपाई गर्ने ठाउँ भन्दा पनि सुख्खा जमिनमा लाग्ने गरेको छ। यहाँको अधिकांस जमिन भिरालो र पानी नजम्ने छ। त्यसकारण नियन्त्रण गर्न सकीएको छैन ।’
योगिले बताए अनुसार ‘हाम्रो जिल्लामा न पाकेको मल किसानहरुले बारीमा हाल्ने गरेका कारण यो किराको बढी उत्पती हुँने गरेको छ । खुम्रेकिराको वयस्कहरु खपटे समूहमा पर्दछ । खुम्रेकिरा माटोभित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा विनाशकारी किरा हो ।’ यस किराले बाली उम्रिसकेपछि कलिलो बिरुवाको जराहरु खान्छ । यसले मकै, कोदो, तरकारी बालीहरु आलु, सिमी, बोडी, अदुवा र चिया खेतीमा समेत यसले क्षति पु¥याउँछ ।
बडिमालिका ७ जिल्लीमा कृर्षि ज्ञान केन्द्र बाजुराका प्राबिधिकहरु किराहरु कति परेका छन् भनेर जाँच गर्दै । फोटो निमेन्द्र शाही बाजुरा
सम्बन्धित समाचार
दुई लाख रुपैयाँ घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य समातिए
नागरिकका सन्तुष्टि अभिवृद्धिका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना कार्यान्वयन गर्न पत्राचार
बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
देउवा र खडकाको पुरक निवेदन दर्ता, ११ गते तोकियो पेशी
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु
रसुवा बाढीमा सुदूरपश्चिमका १३५ नागरिक सम्पर्कविहीन






