बुहारीलाई मट्टितेल खन्याएर जलाउन खोज्ने सासु जेल चलान



जनकपुरधाम । धनुषामा बुहारीलाई जलाउन खोज्ने सासुलाई जेल चलान गरिएको छ । महोत्तरीको बलबा नगरपालिका १ हाल जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने बुहारी सुधिरा देवी यादवलाई मट्टितेल खन्याएर जलाउन खोज्ने सासु रामपरी देवीलार्ई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत माघ १० गते सुधिरालाई घरायसी विवादका कारण उनको श्रीमान दिपेन्द्र यादव, सासु रामपरी देवी, भिनाजु दिनेश यादव, नन्द अनिता यादव लगायतकाले कुटपिट गरी शरीरमा मट्टितेल खन्याई आगो लगाउन खोजेका थिए । तर, स्थानीय टोलबासीहरुले अवरोध गरेपछि उनीहरु असफल भएका थिए ।

प्रहरीले जाहेरीका आधारमा सुधिराका सासु रामपरी देवीलाई पक्राउ गरी अदालतमा पेश गरेपछि जिल्ला अदालत धनुषाले करागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

धनुषामा पछिल्लो समय महिला हिंसाका घटनाहरुमा लगातार वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकले देखाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 620 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?