टिभी हेरिरहेकाे बेला बत्ति गएपछि मुख थुनेर बालिका बलात्कार

सांकेतिक तस्बिर ।

सप्तरी ।  बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले महदेवा गाउँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारविरुद्ध बिहीबार उजूरी दर्ता गरेको छ ।

सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला आरोपितले गत सोमबार राति ९ बजे बालिकाको मुख थुनी नियन्त्रणमा लिई टोलभन्दा करीब चार सय मिटर टाढा लगेर बलात्कार गरेको आरोपमा उजूरी दर्ता भएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले जनाएको छ । पीडितकी आमाले दिएको उजूरीका आधारमा स्वास्थ्य परीक्षण र थप अनुसन्धानपछि दर्ता गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयले उजूरी दर्ता गरी आरोपितको तीव्रताका साथ खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी तिलक भारतीले बताए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार स्वास्थ्य परीक्षण भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 388 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण