लमजुङमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहित १८ जनामा कोरोना पुष्टि

लमजुङ । लमजुङमा फ्रन्टलाइनमा बसेर काम गर्ने सञ्चारकर्मी र स्वास्थ्यकर्मी सहित १८ जनालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । त्योसँगै समुदायमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएको आशंका गरिएको छ । जिल्लामा शुक्रबारसम्म संक्रमितको संख्या एक सय ६१ पुगेको छ ।

शुक्रबार एक जना सञ्चारकर्मी स्वास्थ्यकर्मी २ जनासहित १८ जनामा संक्रमण पुष्टि भएसँगै सदरमुकाम रहेको बेसीशहर नगरपालिकाका– ४ वडामा भदौ १७ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको छ । समुदायमा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

उनका अनुसार कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब पोखरा पठाइएकाहरूको रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । उनले भने, ‘संक्रमण पुष्टि हुनेमा स्थानीय एक रेडियोमा काम गर्ने सञ्चारकर्मी सहित २ जना छन् ।’ संक्रमित हुनेमा बेसीशहर नगरपालिका– ८ का २१ वर्षीय सञ्चारकर्मी र बेसीशहर नगरपालिका– ७ को त्रिवेणी टोलस्थित लमजुङ मोडल हस्पिटल प्रालिमा कार्यरत २४ बर्षीया महिला स्वास्थ्यकर्मी भएको प्रशासनको भनाई छ । बिहीबार एक जना स्वास्थ्यकर्मी, एक जना कर्मचारी र दुईजना नेपाली सेनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, बुधबार २० जना नेपाली सेनामा कार्यरतसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि क्वारेन्टाइनमा बस्नेहरूमा मात्र पोजेटिभ देखिएपनि पछिल्लो समय समुदायस्तरमै कोरोना देखिन थालेको छ । समुदायमै कोरोना संक्रमण फैलिएपछि उच्च सतकर्ता अपनाउन नागरिकलाई प्रशासनले अनुरोध गरेको छ । कोरोना संक्रमण झन् बढ्दै गएपछि सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाको ४ वटा वडा भदौ १७ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा (लकडाउन) गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । प्रशासनका अनुसार लकडाउन गरिएका वडाहरूमा २, ३, ७ र ८ को बजार क्षेत्र हो ।

नेपाली सेनाको कन्ट्रयाक ट्रेसिङको आधारमा स्वाब संकलन गरिएको थियो । उनीहरू १२ जनालाई शुक्रबार संक्रमण देखिएको छ । संक्रमित भेटिएको हस्पिटलमा नयाँ विरामी भर्नामा रोक लगाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार समुदायस्तरमा कोरोना संक्रमण भए/नभएको ’bout जानकारी लिन नमुना थ्रोट स्वाब संकलन गरिएको कर्मचारी, सञ्चारकर्मी र स्वास्थ्यकर्मीमा कोरोना देखिएको हो ।

लमजुङमा कोरोना संक्रमति हुनेमा १० महिला र १ सय ३३ पुरुष छन् । महिला ९ र १ सय २ पुरुष गरी १ सय ११ जना निको भएर घर फर्किएका छन् । महिला ४ र पुरुष ४४ जना गरी ४८ जना आइसोलेसनमा उपचाररत छन् । उनीहरूलाई बेसीशहर र सुन्दरबजारको आइसोलेसनमा राखिएको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आजका दिनसम्म लमजुङका कोरोनाका कारणले कसैको पनि मृत्यु भएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा २ हजार ३२१ महिलाको पाठेघर परीक्षण