ललितपुर नगर प्रहरी प्रमुखमा सीताराम हाछेथु

ललितपुर ।  ललितपुर महानगरपालिकाले नगर प्रहरीको प्रमुखमा सीताराम हाछेथुलाई नियुक्त गरेको छ । हाछेथु ट्राफिक प्रहरीका अवकाशप्राप्त प्रहरी निरीक्षक हुन् ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार हाछेथुले आजदेखि नै काम गर्न थालेका छन् । ट्राफिक व्यवस्थापनमा राम्रो काम गरेर चर्चा कमाएका हाछेथु २०७५ साल मंसिरमा ट्राफिक प्रहरीबाट अवकाशप्राप्त भएका थिए । उनको क्षमता र उत्साहलाई प्रयोग गर्ने गरी महानगरपालिकाले नगर प्रहरी प्रमुखमा उनलाई नियुक्त गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 624 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ