तोरीबारी र पछ्यौरी

हेर त,
ऊ त्यो तोरीबारी छ नि
जहाँ हामीले माया साटासाट गरेको ठाउँ
सँगसँगैको तोरीबारी हेर त
तिम्रो पछ्यारी अल्झिएको घारी

अनि मैले,
सुस्तरी पछ्यौरी तान्दा
हल्का च्यातिएको थियो नि त्यो पछ्यौरी

अनि,
तिम्रा मायालु हातले
गाला निमोठेको पनि याद गर त
साक्षी ती हरिया डाँडा छन्
गह्रा, कन्दरा छन्
जहाँ हामी दौडिएका थियौं
तिमी लखेट्थ्यौं, म भाग्थें
म लखेट्थें, तिमी भाग्थ्यौं
तिमी चिप्लिन्थ्यौं
म ठोकिन्थें

अहाँ †
त्यो रमणीय क्षण
सम्झेकी छौ नि
त्यही काँडाघारी ।

– कुटुबहाल, काठमाडौं ।

तपाइको प्रतिक्रिया
(Visited 205 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?