सान्जेन भ्यालीकाे साैन्दर्य (फाेटाेफिचर)

काठमाडौं । कोरोना भाइरसको महामारी बिच रसुवाको आमाछोदिङ्मो गाँउपलिका आफ्नो क्षेत्रको सान्जेन भ्यालीलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने प्रयासमा जुटेका छन् । गाउँपालिकाले सान्जेन भ्यालीलाई पर्यटकको रोजाइको स्थल बनाउन प्रचारप्रसारको कामलाई तिब्रता दिएको छ ।

पदयात्रा पर्यटनको लागि रसुवाको उत्तरी क्षेत्रको उत्कृष्ट गन्तब्य क्षेत्रको पहिचानका लागि गाउँपालिकाले पूर्वाधारहरुको काम अगाडि बढाएको आमाछोदिङ्मो गाँउपलिकाका अध्यक्ष बुचुङ तामाङले जानकारी दिए ।

गाउँपालिकामा रहेको प्राकृतिक सुन्दरता, जैविक विविधता र सांस्कृतिक विविधताले पर्यटकलाई विशेष आकर्षण गर्न सक्ने भएकाले आफूहरुले पर्यटकीय सम्भावनाको खोजी गर्दै आवश्यक पूर्वाधारमा ध्यान दिएको अध्यक्ष तामाङले बताए ।

पहिला रसुवालाई लाङटाङ, गोसाइकुण्ड अनि तामाङ सम्पदा मार्गले चिनाएपनि अबको दिनमा साञ्जेन भ्यालीको नामले पनि चिनाउन गाउँपालिकाले पूर्वाधारको काम अगाडि बढाएको छ । ४ हजार ७ सय २० मिटरको उचाइमा रहेको डिल्पु कुण्ड र अन्य दुई वटा आर्कषक कुण्ड सहित उच्च स्थानमा चरणका लागि पठार तथा घाँसे मैदान पर्यटकहरुका लागि थप आर्कषण केन्द्र रहेको छ ।

पर्यटन प्रबद्र्धन गराउनका लागि गाउँपालिकाका जनप्रतिनिधिहरु साञ्जेन भ्याली मै पुगेर सो क्षेत्रमा अबलोकन गर्न योग्य स्थानहरुको खोजि तथा पहिचानमा जुटेका छन् । गणेश हिमाल र साञ्जेन हिमाल नजिकै बाट नियाल्न सकिने तथा साञ्जेन हिमालसँगै रहेको पाल्दोर पिक हिमाल समेत चढ्न सक्ने सो ठाउँको विशेषता रहेको छ ।

पर्यटन प्रवद्धनका लागि आमाछोदिङ्मो गाउँपालिकाको सान : साङ्जेन भ्याली पर्यटन प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ चालु आर्थिक बर्ष ०७७/७८ को गाउँपालिकाको पहिलो बैठक समेत साञ्जेन भ्यालीमा गरेका छन् ।

पर्यटन प्रबद्र्धनका लागी साङ्जेन भ्यालीलाई पर्यटन पदमार्ग बिस्तार गर्दै गाउँपालिका भित्र रहेका प्रवद्र्धन र प्रचार प्रसारको अभावमा लुकिरहेका संम्भाबित स्थलहरुको खोजि गर्दै बिस्तृत अध्ययन प्रतिबेदन डिपिआर तयार गर्दै जाने तामाङको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 755 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?