बारा । जिल्ला अस्पताल कलैयाको चरमलापरवाहिले सुत्केरीको बच्चा पेटमै मरेको पीडित पक्षले आरोप लगाएका छन् । बुधवार सुत्केरी व्याथा लागेर जिल्ला अस्पताल कलैयामा लिएर आउँदा डाक्टरको हेलचेक्राईंले बच्चा जन्म लिन नपाउँदै मरेको पीडितको दाजु विकास मगरले जानकारी गराए ।
सिमरा उपमहानगरपालिका वडा नम्वर ४ बाट सुत्केरी ब्याथा लागेको हिरामाया मगरलाई जिल्ला अस्पताल कलैयाको सिएसका ईन्चार्ज अनिता जैयसवाललाई ‘सिएस गर्नुपर्ने रैछ लिएर आउँदै छौँ, भनेर सोध्दा ठिक छ, लिएर आउनुस् म डाक्टरलाई समन्वय गराई दिन्छु’ भनेपछि लिएर आएको पिडितका दाजु मगरले बताएका छन् ।
बुधबार करिव ५ बजे लिएर आएको तर ८ बजे रातिसम्म पनि डाक्टरले बहिनिलाई नहेरेको उनले आरोप लगाए । डाक्टरलाई कति गुहारे केहि सुनवाई नभए पछि जिल्ला प्रशासन कार्यलयको अधिकृत ओम खडकालाई सहयोगको अपिल गर्दा उनले आएर डाक्टरलाई भन्दा राति ९ बजे हरिओम केशरी डाक्टरले चेकअप गरेका थिए ।
केहि बेरमा डाक्टर केशरी आएर भन्छन्, बच्चाको धडकन चलेन ब्लडको व्यवस्था गर्नुस अपरेशन गर्नुपर्छ । लकडाउनमा जेनतेन ब्लडको व्यवस्था पनि गर्यौ अन्तमा बच्चा निस्सासिएर मरेका डाक्टरले गैर जिम्मेवारीपुर्ण जवाफ दिएका थिए ।
जिल्ला प्रशासन कार्यलयका अधिकृत खडकाका अनुसार अस्पतालको काम गर्ने शैली नै ठिक नभएको बताए । अस्पताललाइ निगारनी गर्ने अस्पताल व्यवस्थापन समिति र मेडिकल सुपरिडेन्टको आपसी विवादले गर्दा कर्मचारीहरु स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा पनि २४ घण्टा डयुटी नगरेकोले यस्तो अवस्थाको सृजना हुने गरेको उनले बताए ।
केहि दिन पहिला आफनै वार्डको एक जना मालि परिवारको बच्चा पनि अस्पतालको लापरवाहिले निस्सासिएर मरेको भन्दै उजुरी समेत परेको खडकाले जानकारी दिए । अस्पतालमा लापरवाहि गर्ने जोकोहिलाई पनि अब नछाडिने उनले बताए ।
‘हामी गरिब मान्छे कहिको रहेनौ बहिनिले नौ महिनासम्म दुख काटेर ल्याएको बच्चा अस्पतालको लापरवाहिले मर्यो अहिले बहिनीको अवस्था पनि जटिल रहेको छ ।’ रातिदेखि बहिनिलाई रक्त चढिरहेको दाजु मगर बताउँछन् । मगरका अनुसार डाक्टरले समयमा उपचार गरिदिएको भए सायद बच्चा जिउदो हुने थियो ।
अनुगमन गर्ने निकायको पनि लापरवाहिले दिनहुँ यस्तो घटना दोहोरिँदा पनि चुप लागेर बस्नु डाक्टर र प्रशासन प्रति विश्वास गुम्दै गएको उनले बताए । महिनामा यस्ता ३ जना अवोध शिशु जन्म लिन नपाउँदै ज्यान गुमाएको छ ।






