प्रकृतिमय संग्रहालय

गुरुङ समुदायका ग्रामीणबस्ती गोरखा वारपाक । लाप्राकजस्ता रमणीय गाउँ । सफा वातावरण, होमस्टे सुविधा, सडक विस्तार । घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो, बारपाक । २०७२ को भूकम्पपछि पुनर्निर्माण भइरहेछ, बारपाक ।

दरौदीे किनारैकिनार पुगिने बारपाक जाँदा दर्जनौं झरना र हिमशृंखला देख्न सकिन्छ । १ हजार १ सय ५० घरधुरी भएको बारपाकमा घले जातिको बाहुल्य छ । नेपालकै सुन्दर गाउँमध्ये अग्रस्थानमा रहेको बारपाकमा स्थानीयले होमस्टेसमेत व्यवस्था गरेका छन्् ।



गोरखामा लिगलिगकोटबाहेक अन्य सानाठूला गरी ३६ कोट छन् । सबैभन्दा अग्लो कोट अजिर हंशपुरमा छ । जसको उचाइ ६ हजार ५ सय मिटर छ । अन्यमा उपल्लोकोट, जुन हनुमान भन्ज्याङ पूर्वपट्टी उकालो चढेपछि भेटिन्छ । यो कोटमा वज्र भैरवको मूर्ति छ ।

शाहवंश राजतन्त्र सुरुवात भएको ठाउसँग लिगलिगकोट जोडिएको छ । प्राकृतिक दृष्टिकोणले पनि लिगलिगकोट सुन्दर र महŒवपूर्ण छ । यहाबाट मनास्लु हिमाल अवलोकन र गोरखा, लमजुङ र तनहूँका अधिकांश भूगोल देख्न सकिन्छ ।
पृथ्वी नारायण शाहअघि पहिला उपत्यकाका यक्ष मल्ल, पाल्पाका मणि मुकुन्दसेन तथा जुम्लाका राजा जितारी मल्लका पालामा पनि नेपाल एकीकरण प्रयास भएको पाइन्छ । त्यसबेला पाल्पा राज्य ठुलो थियो । गोरखा पनि पाल्पा राज्यको अधिनमा थियो । पाल्पाका राजा मणि मुकुन्दसेनको मृत्युपछि उनको छोराले गोरखा राज्यलाई आफ्नोे नियन्त्रणमा राख्न चाहेनन् । त्यसपछि विशाल गोरखा राज्य थुम, कोट र गाउका मुखियाले आफैं राज्य घोषणा गरी राज्य चलाउन थाले । यसरी राज्य विभाजन हुँदा लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट र वारपाकजस्ता राज्यमा गोरखा विभाजन भयो ।

राज्य सञ्चालन गर्दा राजा आवश्यकता पर्ने हुँदा लिगलिगकोटमा नयाँ परम्परा थालनी भयो । जुन परम्पराले प्रत्येक वर्ष विजया दशमीको दिन दौडबाट राजा छान्न थालियो । त्यसलाई लिगलिगकोट दरबारबाट चेपेनदीको चेपेघाटसम्मलाई १३ किमिको दूरी निर्धारण गरियो । राजा हुने दौड प्रतियोगिता १६१६ मा द्रव्यशाह राजा भएका थिए ।



नेपालको इतिहासमै गोरखा पहिचान र महŒव छुट्टै रहेको छ । एकीकरणका बेला ज्योतिषको ज्ञानबाट गणितीय शिक्षा दिने ज्योतिष कुलानन्द ढकालको जन्म गोरखामा भएको थिायो । साथै, भिमसेन थापा, लखन थापा र दोस्रो विश्वयुद्धमा बर्मासगको लडाइमा वीरता कमाई भीसी पदक पाएका गजे घलेको घर पनि गोरखामा थियो ।

शाह वंशका राजामा पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपती शाह, नर भुपाल शाह र पृथ्वी नारायण शाहको जन्म पनि गोरखामै भएको थियो । गोरखावासीका आराध्य देवता योगी गोरखनाथ नामबाट वा गाईको रक्षा गोरखामा गरिने ठाउँ भएकाले सोही आधारमा ठाउँको नाम गोरखा रहेको मानिन्छ । नेपाली भाषामा घाँसको फाटलाई ‘खर्क’ मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदाहुँदै गोरखा भएको अर्को प्रसंग पनि छ ।



राजसंस्था विलयपछि गोरखा जिल्लाको ऐतिहासिकस्थल पर्यटकीय केन्द्र बनेका छन् । गोरखा पुग्नेले शाहवंशका पालाका दरबार, कोट र मठ–मन्दिर अवलोकन गर्ने गर्दछन् । पृथ्वीनारायण शाहको जन्म भएको गोरखा दरबार पर्यटकका लागि आकर्षणको केन्द्र हो । यो दरबार राजा रामशाहको पालामै निर्माण भएको भन्ने भनाई छ ।

गोरखा बजारको मध्यभागमा रहेको अर्को दरबार पनि शाह वंशीय राजाको इतिहाससँग जोडिएको छ । यस दरबारले मल्लकालीन वस्तुकलाको नमुनाका प्रस्तुत गरेको छ । दरबारको झ्याल ढोका र टुँडालमा पौराणिक काष्ठ कलाको नमुना देख्न सक्छौं ।

गोरखा दरबारबाट करिब १ किमी उत्तर पूर्वमा पर्ने उपल्लोकोट दृश्यावलोकनका लागि उपयुक्त स्थानका रूपमा रहेको छ । यसस्थलबाट सूर्योदय हेर्न सकिन्छ । गोरखा बजार केन्द्रमा संग्राहालय छ । पृथ्वी नारायण शाहाले एकीकरण सुरु गरेको तल्लो दरबारमा रहेको संग्रहालयले गोरखा पुग्ने पर्यटकको स्वागत गरिरहेको हुन्छ । संग्रहालयको गेटैसम्म साना सवारी साधन पुग्दछ ।

संग्रहालय छिनेबित्तिकै ध्यान दरबारले ध्यान खिच्छ । त्यहाँ कुँदिएका बुट्टा, बनोटको कलाले सबैलाई लोभ्याउँछ । संग्रहालयको मुलढोटकाबाट छिरेपछि गोरखामा रहेका विभिन्न जातजातिको डमीले झनै कौतुहलता बढाउँछ । गुरुङ, कुमाल, भुजेल, कामी जातिको बेसभुषा र पेसा झल्कने डमी संग्रहालयमा राखिएको छ । दुरुस्त मानिस जस्तै देखिने डमीमा शैक्षिक भ्रमण आएका अझै धेरै समय भुल्छन्् ।

‘न्याय नपाए गोरखा जानु’ भन्ने भनाई प्रख्यात छ । उतिबेला न्याय निसाब छिन्ने गोरखा बजारमा एउटा चौतारो छ । यसलाई राजा राम शाहले न्याय दिने चौतारोका रूपमा चिनिन्छ । यसैलाई राम शाह चौतारो भनिन्छ । राम शाहले कुनै कचहरी, सभा, न्याय र उजुरी सुन्ने, महत्वपूर्ण निर्णय र न्यायका कार्य यसै चौतारोमा बसेर गर्थे । प्राकृतिक सुन्दरता, अनौठो भौगोलिक वातावरण, हिमालदेखि पहाडसम्म मैदानी भाग र ठूला टारले फैलिइएको छ, गोरखा । ऐतिहासिक कोट, शक्तिपिठ र भुरेटाकुरे राजाले निर्माण गरेका दरबार र कोटमौलामा बनेका मन्दिर धरोहर हुन ।

गोरखा काठमाडौंदेखि पाँच घण्टाको बसयात्रामा पुग्न सकिन्छ । पोखरा, चितवनबाट तीन घण्टाभन्दा धेरै समय खर्चनुपर्दैन । गोरखा बजार तनहुँ आँबुखैरेनीबाट २४ किलोमिटर दुरीमा पर्छ । इतिहास र ऐतिहासिक सम्पदा पहिचान गर्न पृथ्वीनारायण शाहादेखिको इतिहास अवलोकन गर्न गोरखा सदरमुकाम छाडेर अन्यत्र जान पनि पर्दैन ।

तपाइको प्रतिक्रिया
(Visited 518 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?