पर्सा । आफ्नै छोरा ३५ वर्षीय महादेब साहलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पोखरीया नगरपालिका–६ सिर्सिया बस्ने ६५ वर्षीय लक्ष्मी साहलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
घरायसी वादविवादको कारण लक्ष्मीले छोरालाई चक्कु प्रहार गरी घाइते बनाएको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका महादेबको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)






