ओपो ए ५३ को फिचर यस्तो छ

काठमाडौं । ओपोले नेपालमा आफ्नो ए सिरिजका फोन्सअन्तर्गत ओपो ए५३ सार्वजनिक गर्ने तयारी गरेको छ । तीव्र र सहज कार्य प्रदर्शनीका लागि विशेष डिजाइन गरिएको ए५३ले प्रयोगकर्ता तथा तिनका मित्रलाई तीव्र सञ्चार र मनोरञ्जनमा पहुँच बनाउने सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

९० एचजेड रिफ्रेस रेटसहितको ओपो ए५३ले ९० एचजेड नियो (डिस्प्लेमार्फत प्रयोगकर्तालाई अद्वितीय र सहज दृश्यानुभव प्रदान गर्छ । थ्रीडी (कभ्र्ड इरिडसेन्ट वेभ डिजाइनसहितको ए५३मा प्रयोगकर्तालाई निरन्तर प्रयोगमा सहजताका लागि ५ हजार एमएएच क्षमताको ब्याट्री १८वाट फास्ट चार्जसहित उपलब्ध गरिएको छ । साथै यसमा रहेको क्वालकमको अत्याधुनिक ओक्टा(कोर प्रोसेसर र ओपोकै पहिलो -याममेमोरी अप्टिमाइजेसनले समग्र तीव्र कार्य क्षमता प्रदर्शित गर्छ ।

‘ओपोको ए सिरिजअन्तर्गतको बाचाअनुरूप, ए५३ले पनि प्रयोगकर्तालाई तीव्र र सहज मोबाइल अनुभव प्रदान गर्नेमा हामी विश्वस्त छौं,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘यसमा रहेको ९० एचजेड नियोडिस्प्लेले हाल फ्ल्यागसिप फोन्समा मात्र उपलब्ध सुविधा पनि प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । तिनका दैनिक सञ्चार तथा मनोरञ्जनलगायतका आवश्यकतालाई दृष्टिगत गर्दै यसमा लामो समयसम्म टिक्ने ब्याट्री, तीव्र कार्य प्रदर्शनी क्षमता र सुदृढ प्रयोग अनुभव प्रदान गर्ने फिचर्स उपलब्ध गरिएका छन् ।’

साथै, ओपो ए५३मा रहेको सुपर पावर सेभिङ मोडले मात्र ५ प्रतिशत ब्याट्री बाँकी रहेको अवस्थामा समेत विभिन्न पावर सेभिङ उपायमार्फत ब्याट्री बचत गर्ने क्षमता राख्छ । त्यसैगरी, स्लिप स्ट्यान्ड बाइ अप्टिमाइजेसनले रातको समयमा मात्र २ प्रतिशत ब्याट्री खपत गर्दै ८ घण्टासम्मको स्ट्यान्डबाई टाइम उपलब्ध गराउँछ ।

तीव्र कार्य क्षमताको सुनिश्चितताका लागि ए५३मा क्वालकमको स्न्यापड्रागन ओक्टाकोर ४६० प्रोसेसरको व्यवस्था गरिएको छ । यसमा यूएफएस २.१मा आधारित ४ जीबी एलपीडीडीआर४एक्स -याम स्टोरेज दिइएको छ । साथै यसमा रहेको थ्रीकार्ड स्लोटमार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार अतिरिक्त सञ्चय क्षमतालाई २५६ जीबीसम्म बढाउन सक्ने सुविधा पनि दिइएको छ ।

ओपो ए५३को ६.५ इन्चको एचडी स्क्रिनमा कम्पनीले सिंगल पन्च होल डिजाइन दिइएको छ । यसले फोनलाई आकर्षक देखाउनुका साथै आँखालाई सुरक्षा पनि प्रदान गर्छ । यसमा रहेको एआई ब्राइटनेसले प्रयोगकर्ताका पछिल्ला ब्राइटनेस प्रिफरेन्सका आधारमा फोनको ब्याकलाइटलाई समायोजन गर्ने क्षमता राख्छ ।

प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाइ प्रदान गर्ने सोचका साथ ए५३मा कम्पनीले डि-याक २.० (स्टेट अफ आर्ट डिजिटल साउन्ड करेक्सन प्रविधि) सुसज्जित एक जोडी सुपर डुअल स्पिकर्स पनि उपलब्ध गराएको छ । यसले गेमिङ, संगीत तथा चलचित्र हेर्दा प्रयोगकर्तालाई थप विशिष्ट अनुभव प्रदान गर्छ । फोन अनलक गर्ने कार्यलाई अझ सहज र स्टाइलिस्ट बनाउन फोनको ब्याक कभरमा ब्याक फिंगर प्रिन्ट सेन्सरको समायोजन गरिएको छ ।

१६ एमपी फ्रन्ट क्यामेरा र इन्टेलिजेन्ट ब्युटिफिकेसन अल्गोरिथम्ससहितको ओपो ए५३ले प्रयोगकर्तालाई वातावरण, स्किन टोन वा प्रकाशको प्रकृतिको चिन्ताबिना प्राकृतिक देखिने सेल्फी खिच्न सघाउँछ । साथै, यसमा फ्रन्ट क्यामेरा एआई ब्युटिफिकेसन, फ्रन्ट क्यामेरा स्मार्ट टच(अप र फ्रन्ट क्यामेरा कस्टमाइज्ड ब्युटिफिकेसनलगायत फिचर्स पनि दिइएको छ ।
ओपो ए५३को पछिल्तिर १३ एमपी मेन क्यामेरा र २ एमपी डेप्थ क्यामेरासहितको १३एमपी एआई ट्रिपल क्यामेराको सेटअप दिइएको छ । यसमा रहेको २एमपी माक्रो क्यामेरामार्पmत प्रयोगकर्ताले ४ सीएमसम्म नजिकको वस्तुमा जुम गर्दै डिटेल्सलाई तस्बिरमा कैद गर्न सक्छन् । यो ट्रिपल क्यामेरा सेटअपलाई अझ सटिक र उपयोगी बनाउने सोचका साथ यसमा पोट्रेट बोके, ड्याजल कलर मोडका साथै एक दर्जनभन्दा बढी स्टाइलिस फिल्टर्स पनि उपलब्ध गरिएको छ । यिनको प्रयोग दैनिक फोटोग्राफ्स तथा भिडियोलाई अझ आकर्षक बनाउन सघाउँछ ।

यसमा म्युजिक पार्टी, मल्टियुजर मोड, आइकन पुल डाउन गेस्चर, सिम्पल मोडलगायत सुविधा प्रदान गर्ने कलर ओएस ७.२ सञ्चालन प्रणाली उपलब्ध गरिएको छ ।

बजार उपलब्धता
कम्पनीले ओपो ए५३लाई यही सेप्टेम्बर महिनाभित्र सार्वजनिक गर्ने योजना बनाएको छ । फोन फ्यान्सि ब्ल्यु र इलेक्ट्रिक ब्ल्याक गरी दुई भिन्न रंगमा उपलब्ध गरिने जानकारी दिइएको छ । फोनलाई ४जीबी मेमोरी र ६४जीबी सञ्चय क्षमताका साथमा सार्वजनिक गरिने सम्भावना अधिक रहेको छ । फोनको मूल्य’bout भने तत्काल जानकारी दिइएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास