लिभरपुलसँग चेल्सी स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलसँग चेल्सी २–० ले स्तब्ध भएको छ । चेल्सीको मैदानमा भएको खेलमा च्याम्पियन लिभरपुललाई विजयी गराउन दुबै गोल सादियो मानेले गरे । पहिलो हाफमै चेल्सीका डिफेन्डर क्रिश्चियनसन रातो कार्ड पाएपछि मैदान बाहिरिए । त्यसपछि टोली १० खेलाडीमा समेटिएको थियो ।

साविक विजेता लिभरपुलले दुई खेलबाट सतप्रतिशत नतिजा निकालेको छ भने हारसँगै चेल्सीलाई नयाँ सिजनको प्रिमियर लिगमा धक्का लाग्ने संकेत देखिएको छ ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्यामले साउथह्याम्प्टनलाई ५–२ ले हरायो । टोटनह्यामको जितमा कोरियन खेलाडी हिउङ मिन सन एक्लैले ४ गोल गरे । घरेलु टोलीका ड्यानी इंग्सले दुवै गोल गरे पनि हार टार्न सकेन ।

गएराती लेष्टर सिटीले बर्न्लेमाथि ४–२ को जित निकाल्दा ब्राइटनले न्युकासल युनाईटेडलाई उसैको मैदानमा ३–० ले पाखा लगायो । इंग्लीश प्रिमियर लिग फुटबलमा आज दुई खेल हुनेछन् ।

मध्यराती म्यान्चेस्टर सिटीले सिजनको पहिलो खेलमा वुल्भरह्याम्पटन वान्डरर्सको सामना गर्दा एस्टन भिल्ला र सेफिल्ड युनाईटेड भिड्नेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 366 times, 1 visits today)

epaper

ताजा समाचार

बिजनेस समिटमा सहभागी हुन व्यवसायी टोली चीन प्रस्थान