मुम्बई । बलिउडका नवाजुद्दिन सिद्दिकीविरुद्ध बलात्कार र ठगीको उजुरी परेको छ । उनकै पत्नीले उनीविरुद्ध प्रहरी कार्यालयमा यस्तो उजुरी हालेकी हुन् । नवाजुद्दिन र आलियाबीच केही समययता राम्रो सम्बन्ध छैन । उनीहरू लामो समयदेखि अलग बस्दै आएका छन् ।
नवाजुद्दिनविरुद्ध उनकी श्रीमती आलिया सिद्दिकीले बुधबार मुम्बईको वर्सोवा पुलिस स्टेसनमा उजुरी दर्ता गरेकी हुन् । आफूलाई पति नवाजुद्दिनले इच्छाविपरित बलात्कार गर्दै आएको र उनले आफूमाथि आर्थिक र मानसिक दुवै प्रकारको ठगी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । प्रहरीले बुधबार दिउँसो आलियाको उजुरी दर्ता गराउँदै उजुरीमाथि कारबाही चाँडै गर्ने आश्वासन दिएको छ ।
‘मलाई विवाहपछि उनले मानसिक र शारीरिक यातना दिँदै आएका थिए । म आफ्नै घरबाट नियमित बलात्कार भएपछि त्यो यतनाबाट मुक्त हुन मुम्बई छाडेर आफ्नो घर मुजफ्फर नगरमा आएर बसेकी हुँ,’ आलियाले भनेकी छन् । उनी केहीसमयबाट मुजफ्फर नगरमा आफ्ना छोराछोरीसँग बस्दै आएकी छन् । यसअघि उनले उत्तर प्रदेशको मुजफ्फर नगरस्थित बुढाना पुलिस स्टेसनमा यसअघि बयान दिँदै नवाजुद्दिनको ’boutमा बोलेकी थिइन् । त्यसपछि उनले बुधबार मुम्बई प्रहरीमा अभिनेता नवाजुद्दिनविरुद्ध उजुरी दिएकी हुन् ।
आफू सन २००३ देखि नै नवाजुद्दिनसँग बस्दै आएको तर १५ वर्षसम्म पनि आफूलाई निरन्तर शारीरिक र मानसिक यातना दिने कार्य नरोकेपछि घरमा आएर बस्नुपरेको उनले बताएकी छन् । नवाजुद्दिनकी प्रेमिका भएको र प्रेमिकाको मिलोमतोमा आफूमाथि यस्तो गरिएको पत्नी आलियाको आरोप छ ।






