कुरा रेलको गरौंं
जालझेलको गरौंं

तालमेलको गरौंं
हात हलाहालको गरौं

मुखामुखको पनि गरौं
तेरो पनि कुरा गरौंं

मेरो पनि कुरा गरौं
कुराको छुरा चलाऔं

छुरा बेजोडले चलाऔं
कुराको छुरा चल्छ यहाँ

झेलै झेल्को कुरा गरौंं
फेरि, रेलको कुरा गरौंं

जसरी नि रेल आउनैपर्छ
सहरमा रेल कुदाउनैपर्छ

टेण्डर चाँडो खुलाउनुपर्छ
ठुलो कमिसन धोक्नुपर्छ

इमान्दार नेता हराउनुपर्छ
डनलाई सांसद बनाउनुपर्छ

कुरा अरु छोडौं अहिले
रेलको कुरा गरौं पहिले

ल चढ्नुहोस रेल आयो
सानु होइन, ठुलो आयो
हावादारी हर्न बजायो

छोडदिउँ अहिले अरु कुरा
बरु रेलको कुरा गरौंं ।

– सुन्दरीजल, काठमाडौं ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी