दीपिकाको बयान फेरि लिइने

मुम्बई । भारतमा लागूऔषध नियन्त्रणसम्बन्धी ब्युरो ‘एनसीबी’ले बलिउड अभिनेत्री दीपिका पादुकोनसँग शनिबार बयानको क्रममा उनको दुई वटा मोबाइल अनुसन्धानका लागि भन्दै जफत गरेको छ । शनिबार उनीसँग करिब ६ घन्टा लिइएको बयानमा भरपर्दो जवाफ नआएको एनसीबीका अधिकारीहरूले बताएका छन् । पटकपटक दीपिका रोएपछि पहिलो चरणको सोधपुछमा प्रभाव परेको अधिकारीहरूको भनाइ छ ।

उनीसँग अझै दुई चरणमा थप सोधपुछ गरेपछि मात्र त्यसको परिणाम आफूहरूले बाहिर ल्याउने सो ब्युरोले जनाएको छ । दीपिकासँग बयानका क्रममा उनका पति एवं बलिउड अभिनेता रणवीर सिंह पनि एनसीबीको कार्यालय पुगेका थिए ।

तीन वर्षअघि अभिनेत्री दीपिका पादुकोनले बनाएको ह्वाट्स अपको एउटा गु्रपमा कलाकारहरूबीच लागूऔषध लेनदेन’bout कुराकानी हुने गरेको सो ब्युरोको अनुसन्धानमा खुलेको छ । अभिनेत्री दीपिकासँगै दिवंगत अभिनेता सुशान्तसिंह राजपूत, दीपिकाको म्यानेजर करिश्मा, प्रकाश र सुशान्तको म्यानेजर जया शाहबीच लागूऔषध सेवन’bout सो च्याटमा गफ हुने गरेको रेकर्ड फेला परेको छ ।

अभिनेत्री दीपिकाले सो ग्रुप आफ्नो भएको, कुराकानी पनि भएको तर आफूले लागूऔषध सेवन नगरेको दाबी गरेकी छन् । उनको अबको बयानबाट नयाँ कुरा आउनेमा एनसीबीका पदाधिकारीहरू आशावादी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने